इटहरीः इटहरी उपमहानगर वडा नम्बर २० तरहरामा संचालित किड्स ह्यापी होमले आठौ खेलकुद सप्ताहा सुक्रवार सम्पन्न गरेको छ । १९ विधामा भएको खेलकुद सप्ताहामा बिभिन्न कक्षाका विद्यार्थीहरुले सहभागीता जनाएका थिए । विद्यार्थीहरुको हौसलाका लागि खेलकुद कार्यक्रमको बीच बीचमा अभिभावकहरु बीच पनि खेलकुदका कार्यक्रम गरिएको थियो ।
खेलकुद कार्यक्रममा सहभागी प्रतिष्पर्धी विद्यार्थीहरु मध्ये उत्कृष्ठ ३ जनालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । खेलकुदका कार्यक्रमलाई मन्टेश्वरी पद्धतिलाई स्वीकार गर्ने तरिकाले सम्पन्न गरिएको किड्स ह्यापी होमकी प्रिन्सिपल रिता आर्चाय भुषालले बताइन् ।
स्कुलका संचालक समितिका अध्यक्ष समेत रहेका इटहरी उपमहानगर वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षतामा खेलकुद सप्ताह कार्यक्रम सम्पन्न भएको थियो । स्कुलका डाइरेक्टर सुनिल भूषाल बिशिष्ठ अतिथिका रुपमा सहभागी थिए । यस स्कुलले विगत ८ बर्षदेखि तरहरामा मन्टेश्वरी पद्धतिबाट बालबालिकाहरुलाई अध्यापन गराउदै आईरहेको छ ।