इटहरीः दिनेश चौधरी स्मृति प्रतिष्ठान दुहवी सुनसरीले एभरेष्ट बैंक लिमिटेड शाखा कार्यालय दुहवीको आर्थिक सहयोगमा गढी गाँउपालिकाका मुसहरी बस्तीमा न्यानो कम्बल बितरण गरेको छ । सो गाँउपालिकाको वडा नं. १ मधेलीको मुस्लिम बस्ती, वडा नं. २ को भमरीको कोलहरुवाको मुसहरी बस्ती र वडा नं. ५ को मुहसरी बस्तीमा कम्बल बितरण गरेको हो ।
प्रतिष्ठानको तर्फबाट समाजसेवी तथा पूर्व बन तथा भुसंरक्षण राज्यमन्त्री भगबती चौधरीले गरिव तथा बिपन्न समुदायका ८० जनालाई कम्बल तथा बिस्कुट बितरण गरिन् । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत एभरेष्ट बैंक लिमिटेड शाखा कार्यालय दुहवीले प्रतिष्ठानलाई कम्बल वितरणका लागि आर्थिक सहयोग गरेको थियो ।
तीन स्थानमा सञ्चालन गरिएको कार्यक्रममा न्यानो पार्ने अभियान अन्तरगत गरिव तथा बिपन्न, एकल महिला, जेष्ठ नागरिक तथा शारिरिक अशक्तता लगायतका समुदायलाई घरघरै गएर सामग्रीहरु बाडिएको थियो । सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रममा घरघरै गएर लक्षित समुदाय तथा ब्यक्तिलाई न्यानो बाड्न पाउदा र समाजसेवामा सहभागी हुन पाउदा आफुहरुलाई खुसीलागेको एभरेष्ट बैंकका प्रदेश नं. १ का क्षेत्रिय प्रबन्धक जनक प्रसाद चापागाईले बताए ।
कार्यक्रममा एभरेष्ट बैंक दुहबी शाखाका शाखा प्रबन्धक नर बहादुर रावल, ग्रामिण महिला उत्सुकता बिकास मञ्चकी ललिता कुमारी चौधरी, दिनेश चौधरी स्मृति प्रतिष्ठानका महासचिव बिनोद कुमार चौधरी, कोषाध्यक्ष करण चौधरी लगायतका सहभागीता रहेको थियो ।