दुहवि : सुनसरी जिल्लाको दुहवि नगरपालिका को गोपाल मा.वि मा वृत्ति मार्गनिर्देशन कार्यक्रम शुरु भएको छ ।
कक्षा ९ का विद्यार्थीहरुलाई २०७६ माघ ९ गते बाट सुरु गरिएको हो । नेपाल सरकार तथा स्वीस सरकारको सहकार्यमा सहकार्यमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको अगुवाइ तथा नगरपालिकाको आर्थिक सहयोगमा वृत्ति मार्गनिर्देशन कार्यक्रम शुरु गरिएको छ ।
दिगो तथा सम्मानित रोजगारीको लागी सिप परियोजना अन्र्तगत प्राविधिक तथा कार्यन्वयन संस्था अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्युट द्धारा यो कार्यक्रम शुरु गरिएको हो । माध्यामिक तहको कक्षा ९मा पढ्ने विद्यार्थीहरुलाई आफुले जिवनमा गर्ने काम बारे विस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम सुरु गरिएको हो । वृत्ति मार्गनिर्देशन कार्यक्रममा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई आफ्नो क्षमताको पहिचान ,रुचि र खुबि अनुसारको वृत्ति छनौट , वृत्ति र जागिर बारे वृस्तृत जानकारी नेपालको शिक्षा प्रणाली , आफ्नो वृत्ति निर्माण तथा त्यसको कार्य कार्यन्वयनको बारेमा जानकारी दिइनेछ ।

gopalmavi 1
आफ्नो वृत्तिप्रति सचेत नहँुदा विद्यार्थीहरुमा थुप्रै समस्या आएपछि आफ्नो क्षमता अनुरुप वृत्ति पत्ता लगाइ सोहि वृत्तिको बाटोमा अगाडी बढाउने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम कार्यन्वयनमा ल्याइएको बिद्यालयले बताएको छ ।

यो कार्यक्रम जम्मा ६ वटा ११० मिनेटको सत्र संचालन हुन्छ भने एउटा सत्र कक्षा १० मा सोहि विद्यार्थीहरुलाइ प्रदान गरिने छ । यो कार्यक्रमको सहजीकरण सोहि विद्यालयका वृत्ति मार्गनिर्देशन शिक्षक शंकर लुइटेल र पर्वत मण्डल ले सहजीकरण गरिरहेका छन् । उक्त कार्यक्रम सुनसरी जिल्लाको दुहवी नगरपालिकाको जनता मा.वि र सरस्वती मा.वि मा पहिलो चरणको कार्यक्रम शुरु गरिएको छ ।