इटहरी :इटहरी २० तरहरामा रहेको एप्पल ट्रि मन्टेश्वरीले यहाँ अध्ययनरत बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

आईतबार विद्यालय प्राङ्गणमा यहाँ अध्ययनरत २ सय २० जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेको हो । विद्यार्थीको आँखा, डेण्टल तथा जेनेरल स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रबन्ध निर्देशक सन्तोष कटवालले जानकारी दिए । उनका अनुसार १ सय ५६ जना अभिभावकको पनि स्वास्थ्य परीक्षण गरिएको हो । ‘हामी रोगलाई पर्खेर बसिरहेका छौँ,’ कटवालले भने, ‘रोग लाग्नु अगावै स्वास्थ्य परीक्षण गरेमा आँफैलाई फाइदा हुन्छ, हामीले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरेर यो कार्यक्रमको आयोजना गरेका हौँ ।’
एकजना विद्यार्थीमा आँखाको समस्या देखिएको तथा तीन जना अभिभावकमा आँखाको समस्या देखिएको डा. मुकुन्द कुमार झा ले बताए । उनले बालबालिकामा अन्य समस्या देखिएको सहजै थाहा पाउँन सकिने भएको भएपनि आँखाको समस्या थाहा पाउँन परीक्षण नै गर्नुपर्ने बताए । त्यस्तै, स्वास्थ्य परीक्षणमा डाक्टर जितेन्द्र प्रसाद गुप्ताले जेनेरल जाँच गरेका थिए ।
तरहरामा रहेको नितान्त पोलिक्लिनिकको प्राविधिक सहयोगमा एप्पल ट्रि मन्टेश्वरीले हरेक महिनाको पहिलो आईतबार निःशुल्क स्वास्थ्य परीक्षण गर्ने बताईएको छ ।

2 4 3