इटहरी : इटहरीका मेयर द्धारिकलाल चौधरीले आज (सोमबार) एकै दिन इटहरी उपमहानगरपालिकामा कार्यरत बाह्र जना कर्मचारीलाई जागिरबाट निकालिदिएका छन् । निकालिएका कर्मचारी सबै करारमा नियुक्ति भएका हुन् ।
करार सम्झौता सकिएको समयमा नबिकरण नगरि मेयरको एकल निणर्यबाट  निकालिएका हुन् । निकालिएका कर्मचारी मध्ये अमिन सहायक चौथोमा कार्यरत दयाराम गौतम, कम्प्युटर सम्बन्धी काममा कार्यरत कर्मचारी लवप्रसाद दाहाल, कम्प्युटर प्राबिधिक सहायकस्तर तेस्रो मनिषा श्रेष्ठ लगायत नौँ जना स्वास्थ्य क्षेत्रका रहेका छन् ।
यस बिषयमा मेयर चौधरी सगँ बुझ्दा संघीय सरकारले स्थायी कर्मचारी पठाइ सकेको र स्थानीय तहमा करारमा कर्मचारी राख्दा उपमहानगरलाइ आर्थिक  भार पर्ने भएकाले यस्ताे निणर्य गरेको प्रतिक्रिया दिए । कर्मचारी निकालिदिएर मेयर चौधरी आजै काठमाडौँ गएका छन् ।निकालिएका कतिपय कर्मचारीहरु इटहरी उपमहानगरमा निकै लामो समयदेखि सेवारत थिए । उपमहानगरलाई जनशक्ति कम हुँदा उनिहरुले नगरवासीलाई सेवा प्रदान गर्दै आईरहेका थिए । निकालिएका मध्ये केही कर्मचारीहरु भने बेला बेलामा विवादमा तानिदै आएका थिए । उनिहरुले आफुहरुले अन्य कर्मचारी सरह सेवा प्रदान गरेपनि उपमहानगरबाट पाउने सेवा सुविधामा विभेद गरिदै आएको जनाउदै बिभिन्न समयमा अन्य सरह सेवा सुविधा दिनु पर्ने माग उठाउदै आएका थिए । 

mayor pradeshportal