विराटनगरः प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गतामैत्री भएको बताएका छन् । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको सोमबार विराटनगरमा शुुभारम्भ गर्दै उनले अपाङ्गतामैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिए ।

उनले अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना गर्नुका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका साथै उनीहरुको विकासका गरी स्वस्थ्य र समुुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गरे। अपाङ्गता भएका व्यक्तिलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले जानकारी दिए ।

प्रदेश नं–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुुुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्गता बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताए । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले प्रदेश सरकारले शुुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

करुणा फाउण्डेसनका अध्यक्ष प्रा डा भगवान कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुुग्ने बताए । सामाजिक विकाश मन्त्रालय तथा स्थानीय तह र करुणा फाण्डेशनको त्रिपक्षीय साझेदारीमा शुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ वटा पालिकामा लागू हुनेछ ।

पहिलो चरणमा मोरङ, सुुनसरी, धनकुुटा तथा पाँचथर जिल्लामा यो आगामी तीन वर्षसम्म सञ्चालन हुने छ । सोही अवसरमा ह्विलचियरमा विश्वयात्रा गर्नुु हुुने ओखलढुङ्गाका तेजबहादुुर कार्कीलाई रु ५१ हजार नगदसहित सम्मान गरिएको थियो ।

84243099_1806734086127603_4849881661963239424_n