इटहरी: सुन्दरहरैचा–७ गछियापुलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरीका २६ बर्षिय धिरेन्द्र खत्री रहेका छन् । पुर्बवाट पश्चिम तर्फ आउदै गरेको को २१ प ८८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भइ उपचारको लागी बिराट नर्सिङ होम लार्दै गर्दा बाटोमै मृत्यु भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।