भोजपुरः प्रदेश एक सरकारले बृद्धहरुका लागि दन्त उपहार कार्यक्रमको शुरुवात गरेको छ । बृद्ध व्यक्तिलाई निशुल्क दाँत लगाउने कार्यक्रम अन्तर्गत पहिलो पटक भोजपुरको आमचोक गाउँपािलकाबाट कार्यक्रमको शुरुवात गरेको हो ।
मुख्यमन्त्री शेरधन राईको जन्मस्थान रहेको गाउँपालिकाबाट शुरुवात गरिएको अभियानलाइ आउँदो आर्थिक वर्ष भित्र प्रदेशभरी नै पुुर्याइने सरकारको योजना रहेको मुख्यमन्त्री शेधरधन राईले जानकारी दिए ।
यो आर्थिक वर्षमा २० पालिकामा सेवा पुर्याउने लक्ष्य लिएको मन्त्रालयले बृद्धव्यक्तिलाई समाजमा उपेक्षाको भावले होइन, सम्मानका साथ बाँच्न महत्वपुर्ण अँग उपलब्ध गराइएको बताएको छ । इटहरी स्थित हेल्पिङ हेन्ड्स र पूर्वाञ्चल डेन्टल अस्पतालको प्राविधिक सहयोगमा प्रदेशका १ सय ३७ पालिकामा यो सेवा पुर्याइँदै छ ।
स्थानीय पालिका र प्रदेश सरकारको आर्थिक साझेदारीमा सँचालन हुने दन्त उपहार कार्यक्रममा प्रतिव्यक्ति २५ सय देखि ३० हजार सम्म खर्च लाग्ने प्राविधिकले जानकारी दिएका छन् । एक पटक लगाइ सकेको दात आजीवन मर्मत खर्च सरकारले खर्च बेहोर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरले जानकारी दिए ।
करिव ४५ लाख जनसँख्या भएको प्रदेशमा सम्पुुर्ण बृद्धहरुको दाँत लगाउने कार्यक्रमसँगै उचित स्वास्थ्यको प्रबन्ध गर्न पनि स्थानीय पालिकासँग साझेदारी गर्ने बताएको छ । त्यस्तै गरि जुनसुकै सार्वजनिक यातायातमा पनि ५० प्रतिशत भाडा छुट गर्ने कानुनी व्यवस्थाको व्यवहारमा लागुु गर्न, नियमित अनुुगमनलाई प्रभावकारी बनाइने सरकारको प्रतिबद्धता रहेको छ ।