विराटनगरः प्रदेश एक सरकारले माघ १३ गतेको मन्त्रीपरिषद बैठकबाट सूर्तीजन्य पदार्थको नियमनलाई व्यवहार लागुु गर्ने निर्णय गरेको छ । जस अनुसार आज मुख्यमन्त्री एवंम सम्पुुर्ण मन्त्रालयबाट यस कार्यको विधिवत थालनी गरिएको छ ।
मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यालयमा प्रतिबद्धता एवंम सुचना पढेर कार्यक्रमको औपचारिक शुरुवात भएको जानकारी दिए । प्रदेशका सबै मन्त्रालय र मोरङ जिल्ला प्रशासन कार्यलयको मुख्य गेटमा सुचना बोर्ड टाँस गरेर सरकारी कार्यालयको १ सय मिटर क्षेत्रफलमा सुर्ती र सुर्तीजन्य पदार्थको विक्रि वितरण तथा सेवनलाई रोक लगाएको छ ।
सरकारले यहि चैत्र मसान्तसम्ममा प्रदेशभरी यो कानुन लागु गर्ने योजना बनाएको छ भने विराटनगर महानगरपालिकाको हकमा भने माघ मसान्त देखि विक्रि वितरणलाई रोक लगाइने छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार प्रदेशका सबै सरकारी कार्यालयमा सबैले देखिने गरि सुचना टाँस गरि कार्यान्वयन गर्नुपर्ने छ भने नगर्ने कार्यालय प्रमुखलाई ५ हजार सम्म जरिवानाको व्यवस्था गरिएको छ ।
प्रदेश एकका सबै मन्त्रालयलाई सुचना टाँस गर्दै कम्तीमा एक सय मिटर क्षेत्रफलमा विक्रि वितरण नगर्न पहिले सुचना जारी गरिएको छ । यदि कसैले उक्त नियमको उल्लंघन गरे कानुनी सँजायको भागीदारी हुनुपर्नेछ ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियमन गर्न बनेको ऐन २०६८ लाई प्रभाकारी कार्यान्वयनका लागि प्रदेश एक सरकारले सबै स्थानीय पालिकासँग सहकार्य गर्ने जानकारी दिएको छ ।