इटहरीः सुनसरीको इटहरीस्थित जनता माध्यामिक बिद्यालयले आगामी शैक्षिक सत्रमा ६ सयजना विद्यार्थी भर्ना गर्ने जनाएको छ । बिद्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।
गतबर्ष २ सय ४० जना बिद्यार्थी राखेर पढाउने तयारी गरिएकोमा झण्डै चार गुणा बढी ९ सय ६जनाले प्रवेश परिक्षामा सहभागि भएका थिए । यसबर्ष भने ६ सय जनालाई भर्ना गरिने लक्ष्य लिईएको प्रधानाध्यापक छत्रपति ढुंगेलले जानकारी दिनुभएको छ ।
२०१३ सालमा स्थापना गरिएको जनता माध्यमिक बिद्यालयले गत बर्षदेखि अंग्रेजी माध्यमबाट अध्यापन शुरु गरेको छ । अंग्रेजी माध्यमबाटै अध्यापन शुरु गरिएसँगै जनता स्कुलमा बिद्यार्थीको आकर्षण बढेको हो ।
चालु शैक्षिक सत्रमा बिद्यालयले कक्षा ४ देखि ९ सम्म अंग्रेजी माध्यमबाट पनि अध्यापन शुरु गरेको छ । बिद्यालयमा भर्ना हुन प्रवेश परिक्षा(इन्ट्रान्स) दिनुपर्ने र सो पास गर्नैपर्ने प्रावधान राखेको छ ।
बिद्यालयका सबै कक्षामा प्रोजेक्टर, स्मार्ट बोर्ड, बुक कर्नर, साउण्ड बक्स राखिएको छ । बिद्यालयमा स्तरीय पुस्तकालय, प्रयोगशाला, पर्याप्त खेल मैदान रहनुका साथै अध्यापनरत सबै शिक्षक स्नातकोत्तर शैक्षिक योग्यता प्राप्त दक्ष तथा अनुभवी रहेको बिद्यालय प्रशासनले जनाएको छ ।
बिद्यालयका सबै कक्षा कोठामा नै पिउनेपानीको प्रबन्ध रहेको र बिद्यार्थीलाई अतिरिक्त कृयाकलापमार्फत सर्वा्ङ्गिण बिकासमा जोड लिइएको छ ।
बिद्यालयमा दुईबटा भवनहरु निर्माणाधिन रहेको र प्रत्येक बिद्यार्थीको गतिविधि र प्रगतिलाई अभिलेखीकरण गर्ने गरिएका कारण बिद्यार्थी र शिक्षकलाई सजग बनाएको र शिक्षाको गुणस्तरसमेत बढेको बिद्यालय प्रशासनको भनाई छ ।