बिराटनगरः सामान्यतया, उपचारका लागि अस्पताल जाँदा पुर्जी अनिवार्य काट्नुपर्छ । पुर्जीवापत बिरामीसँग अस्पतालहरुले १ हजार रुपैयाँसम्म लिने गर्छन् । बिराटनगर क्षेत्रका अधिकांस अस्पतालहरुले ५ सय रुपैंया हाराहारी लिने गरेका छन् । सरकारी अस्पतालमा पनि शुल्क तिर्नैपर्छ । तर, बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले ओपीडी निःशुल्क गर्दा बिरामीहरुलाई राहत मिलेको छ ।
निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ओपीडी ‘फ्री’ हुँदा बिरामीहरुले विनाशुल्क बिशेषज्ञ डाक्टरसँग स्वास्थ्य परिक्षण गराउँने अवसर पाएका छन् । पुर्जी निःशुल्क हुँदा धेरै राहत मिलेको बिरामीहरुको भनाई छ । सुनसरीको रामधुनीबाट उपचारका लागि नोबेल आइपुगेका हरिमान श्रेष्ठले पुर्जीको पैसा नलाग्दा सहज भएको बताए । ‘अन्त सवै तिरका अस्पतालमा पुर्जीको पैसा लाग्छ, बिराटनगरका अरु अस्पतालले पनि ५ सय रुपैयाँसम्म लिन्छन् । काठमाण्डौंमा त एक हजार रुपैयासम्म पर्छ ।’ उनले भने ‘नोबेलमा पुर्जीको पैसा तिर्नु नपर्दा त्यहि पैसाले झण्डै औषधि किन्न पुग्छ ।’

Cardio OPD
यता, बिराटनगरकी सुसिला निरौलाले पनि पुर्जी निःशुल्क हुँदा सस्तोमा उपचार पाएको सुनाईन् । ‘खर्च अभाव भईरहेका बेलामा पुर्जीको पैसा जोगिदा मात्र पनि धेरै राहत हुन्छ ।’ उनले भनिन् । उनीहरु जस्ता अधिकांस बिरामीले पुर्जीको पैसा नपर्दा राहत मिलेको प्रतिक्रिया दिने गरेका छन् । नोबेलले एक दशक अघि देखि पुर्जी निःशुल्क गर्दै आएको छ । जसका कारण गरिब तथा बिपन्न बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको छ ।
पैसा नभएका कारण ठुला अस्पतालमा जाँन नसक्ने गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी ओपीडी निःशुल्क गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ‘गरिब तथा बिपन्न बिरामीलाई बिशेषज्ञ डाक्टरसँग पुगेर राम्रो उपचार पाउँने वातावरण निर्माणका लागि पुर्जी निःशुल्क गरेका हौं ।’ डा.शर्माले भने ।
दक्ष डाक्टर र अत्याधुनिक स्वास्थ्य उपकरणका कारण स्तरीय उपचारका क्षेत्रमा नोबेलले फड्को मार्दै गएको छ । स्तरीय उपचार सेवा प्रदान गर्दै आएको नोबेलले ओपीडी निःशुल्क गर्दा सवै स्तरका बिरामीहरुलाई उपचारमा सहजता मिलेको हो ।

Palmo-OPD Photo-2