इटहरीः नेपाली काग्रेस र फोरम लोकतात्रान्कि पार्टी बीच एकता भएपछि बनेको नेपाली कांग्रेसको इटहरी नगर सभापतिमा पुनः हेमकर्ण पौडेल चुनिएका छन् । उनि यसअघि पनि पार्टीका इटहरी सभापति थिए । सह सभापतिमा भने फोरक लोकतान्त्रिका नगर अध्यक्ष रहेका कोविदजंग कार्की चुनिएका छन् । नेपाली काग्रेस सुनसरीका सभापति राजिव कोईरालाको उपस्थितमा समायोजनको बैठकले उक्त निर्णय गरेको हो । पौडेल र कार्की दुवै युवा प्रखर नेता हुन् । पौडेल पार्टी अलवा सामाजिक कार्यमा र कार्की खेलकुद क्षेत्रको विकासमा समेत सर्मपित छन् ।
नेपाली कांग्रेस इटहरी नगर समितिका अनुसार पार्टीको नगर सचिवमा प्रकाश बस्नेत,सह सचिवमा प्रकाश चौधरी,कोषाध्यक्षमा तिर्थबहादुर अधिकारी,सदस्यहरुमा चन्द्रकुमार गिरी,शिवराज दाहाल,मन्दिप भट्टराई, इन्द्रमणी अधिकारी,विजय केसी,राजु बस्नेत,उत्तम पोखरेल,पर्शुराम दुलाल,ताराज्योती चौधरी,चतुरलाल चौधरी,उमाकान्त चौधरी,सुरेशकुमार शाह,ममता चौधरी,कौशिला देवि सुनुवार,सावित्रा चौधरी र शिवकुमार चौधरी चुनिएका छन् ।

82153565_2559109047512930_8396175139670065152_o