धरानःकौशिकी क्याम्पस तथा धरान मोडेल कलेज धरानका विद्याथीहरुले समुदायको सरसफाई तथा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । वी.एड. चौथो वर्षका विद्यार्थीहरुको सामुदायिक स्वास्थ्य सर्वेक्षण विषयका प्रयोगात्मक परीक्षा अन्तर्गगत उक्त कार्यक्रम सम्पन्न गरेको हो । धरान ११ को सेवालुङ्ग चैकमा स्थानीय समुदायलाई समेत सहभागी गराएर अव्यवस्थित ठोस फोहर मैला सरसफाई गरेको थियो । सरसफाई पश्चात धरान ११ को अनन्त शिक्षाज्योति आधारभुत विद्यालयका विद्यार्थी तथाहरुलाई फोहर मैला व्यवस्थापन सम्बन्धी सचेतना प्रदान गरेको थियो । सचेतना कार्यक्रम सँगै विभिन्न रमाईलो खेलकुद कार्यक्रम पनि सम्पन्न गरेका थिए ।

५० पुर्णाङ्कको प्रयोगात्मक परीक्षा भएको र विद्यालयमा सर्वेक्षणको प्रतिवेदन बुझाए पछि वाह्य परिक्षकबा भाईवा समेत हुने विद्यार्थी समुहकी टोली नेता दिप्ती शिवाहाङ्ग राईले बताए । यसरी प्रयोगात्मक ढंगले काम गर्दै पढन पाउदा आफुहरुले रमाईलो सँगै धेरैकुरा सिकेको कुरा विद्यार्थीहरुले व्यक्त गरेका छन् । कलेजले किताको पढाई सँगै प्रयोगात्मक कार्यलाई जोड दिने गरेको कौशिकी क्याम्पसका प्रमूख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा अन्तरगत उक्त कार्यक्रम सम्पन्न गरिएको र यस किसिमको प्रयोगात्मक कार्यले विद्यार्थीहरु आत्माविश्वास बढ्ने र पढाई प्रति अभिरुचि समेत बढेको सम्बन्धित विषयकी शिक्षका अर्चना ढकालले वताए । कक्षका विद्यार्थीहरुलाई दश दश जनाको तीन समुहमा विभाजन गरी धरानको वार्ड नं. १५, १६ र ११ आधारभुत वस्ती तथा समुदायमा यस किसिमको सर्वेक्षण कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रम सम्पन्न गर्न विद्यार्थीहरुलाई सम्बन्धी वडा कार्यालय र स्थानीय समुदायले राम्रो सहयोग गरेको थियोे ।

84507399_3110989152253090_7219859562382229504_n 84682608_3110990215586317_1704806286538833920_n 84760142_3110988955586443_7245059226429554688_n