लौकही (सुनसरी): नेपालको एकमात्र वन्यजन्तु आरक्ष कोसिटप्पु वन्यजन्तु आरक्षमा पहिलोपटक पर्यटन मेला सुरु भएको छ। ११ दिन सम्म चल्ने मेलाको उद्घाटन आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे ।

कोसी गाउँपालिका सुनसरीको आयोजनामा भएको महोत्सवमा हात्ती सफारी, मोटरबोटिङ देखि चराको अवलोकनका कार्यक्रमहरू आयोजना गरेको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए। ५५ लाखको बजेटमा सुरु भएको महोत्सवले १ लाख पर्यटक भित्राउने लक्ष रहेको अध्यक्ष अन्सारीले बताए।

उद्घाटनपछि बोल्दै मुख्यमन्त्री राईले प्रदेश १ ले ५ लाख पर्यटक ल्याउने लक्षमा महोत्सव महत्त्वपूर्ण हुने बताए। प्रदेश १ को समृद्धिमा पर्यटन महत्त्वपूर्ण भएको भन्दै राईले प्रदेशभर यस्ता महोत्सव भएको बताए।

सन १९७६ मा स्थापना भएको कोसी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरका १७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। वन्यजन्तु खास गरी अर्ना र आप्रवासी चराको स्वर्ग मानिने आरक्षको वन्यजन्तु गणनामा ४१९ वटा अर्ना र १६ हजार १२ वटा चरा छन् ।

koshi tourism festival 2020 koshi tappu wildlife reserve pradeshportal.com