इटहरीः नेपालमा कोरोना भाइरस भित्रिएको भनि अनाहक हल्ला फिजाएर पर्यटन वर्ष लाइ बिफल बनाउने षडयन्त्र भइरहेको संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन ।
बिश्व पर्यटन दिवशको अवसर पारेर आइतबार मोरङको सुन्दर हरैचास्थित हसिना सिमसार क्षेत्रको समुदघाटन समारोहमा बोल्दै पर्यटन मन्त्री भट्टराइले नेपाल सरकारले अंग्रेजी नयाँ वर्ष २०२० लाइ नेपालमा पर्यटन वर्ष घोषणा गरी धुमधामले मनाउन आव्हान गरिरहेकै बेला चिनको बिभिन्न प्रान्तमा फैलीएको प्राणघातक रोग कोरोना भाइरस नेपालमा पनि भित्रिएको भनि नकरात्मक हल्ला फिजाउने काम भइरहेकोले हल्लाको पछि नलाग्न आग्रह गरे । उनले चिन लगायत अन्य मुलुक सँग जोडिएको सबै नाकाहरूमा उच्च सुरक्षा सर्तकता अपनाइएकोले यस्तो रोगको संक्रमण भएका मानिसहरू भित्रनै नसक्ने दाबी समेत गरे । उनले भने, ‘एक पर्यटकीय क्षेत्रहरूको उर्वरभुमी र संगम स्थल बनिसकेकोले बार्षिक लाखौ पर्यटकहरू आउने गरेको हसिना सिमसारको लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।’
पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याइन्छः
मन्तव्यका क्रममा राष्ट्रिय आयमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्रै रहेकोमा १५ औं पञ्चवर्षीय योजनामा त्यसलाई बढाएर १० प्रतिशत पु¥याइने मन्त्री भट्टराईले बताए ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ मा रहेको हसिना सिमसार क्षेत्र संरक्षण र पर्यटन विकास संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थानीय तहले सिमसारबाट जतिसक्दो बढी फाइदा लिनुपर्ने उनले बताए ।
१५ हजार किलोमिटर क्षेत्र पार गरी साइबेरियादेखि नेपालका सिमसारमा चरा आउने उल्लेख गर्दै उनले पर्यटकीय क्षेत्रमा प्रशस्त सम्भावना भए पनि त्यसलाई उपयोग गर्न नसकिएको बताए । सिमसार र तालतलैयालाई मात्रै जोगाउन सके तराईको तापक्रम ४ डिग्री सेन्टिग्रेड घट्ने पनि उनले उल्लेख गरे ।
कार्यक्रममा आयोजकले हस्तान्तरण गरेको हसिनाको विकासको लागि तयार पारिएको विस्तृत परियोजना डीपीआर ग्रहण गर्दै भट्टराईले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने उल्लेख गरे ।
महोत्सव मूल समारोह समितिका संयोजक ज्ञानेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रममा हसिना सिमसार संरक्षण तथा पर्यटन बिकास संस्थाका अध्यक्ष कविराज राइको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा मोरङ क्षेत्र नम्बर ६ का सांसद् लालबाबु पण्डितले पछिल्लो समय मुलुकको अर्थतन्त्र पर्यटन क्षेत्रले धानेको बताउदै हसिना सिमसारलाइ पनि प्रदेश एकको मात्र नभइ सिंगो देशकै नमुना पर्यटकिय स्थलको रूपमा बिकास गरिनु पर्नेमा जोड दिए । कार्यक्रममा मोरङ क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धना तामाङ, उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईं लगायतको उपस्थिती रहेको थियो ।

paryatan mantri (1)