इटहरीः बलात्कार आरोपपछि सुनसरी प्रहरीसँग आत्मसमर्पण गरेका एसएसपी सौरभ सम्शेर राणालाई आज जिल्ला अदालतले पाँच दिने म्याद थप गरेको छ ।

अनुसन्धानको लागी राणालाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले ५ दिन म्याद थपिएको श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले प्रदेशपोर्टललाइ जानकारी दिए ।

म्याद थप गर्नु पूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताहरूले पक्ष र विपक्षमा म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा आ–आफ्नो तर्क राखेका थिए ।

अदालत परिसरबाट बाहिरिँदा प्रतिक्रिया दिदैं एसएसपी राणाले आफूमाथि लगाइएको आरोप झुटो भएको तथा अबका केहिदिन भित्र सबै सत्यतथ्य बाहिर आउने समेत बताए ।