इटहरीः प्रदेश १ सरकारले चिनमा फैलिरहेको प्राणघातक नोभल कोरोना भाइरसका संक्रमितलाइ उपचारको लागी ६ अस्पतालमा आइसोलेटेड बेडबनाउने भएको छ ।

हरेक बिरामीलाई छुट्टै उपचार गर्ने यस्तो बेडहरू मेची अञ्चल अस्पताल झापा, कोसी अञ्चल अस्पताल मोरङ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बिएन्डसी अस्पताल बिर्तामोड र विराटनगरका विराट मेडिकल कलेज टिचिङ अस्पताल तथा नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा राखिने सरकारले निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिम्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारी लगायत सरोकारवालाहरूसँग आज बिहान बसेको बैठक पछि प्रदेश सरकारले चार निर्णय गरेको हो ।

अन्य निर्णयहरूमा कोरोना  बारेमा सचेतना फैलाउने, सबै सुरक्षा निकायसँगको सहकार्यमा प्रदेशका सबै जिल्लामा सतर्कता अभियान गर्ने रहेका छन् । यस्तैगरि, कोरोला संक्रमणबाट जोगिन प्रदेश १ का दुई चिनियाँ नाकाहरू बन्द हुँदा पर्न सक्ने खाद्यान्न असुविधाको व्यवस्थापनको लागी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिने निर्णय गरेको मन्त्रालयले बताएको छ ।

corona pradesh 1 pradeshportal.com