धनकुटाः धनकुटामा ९ वर्ष अघि देखि हात्तिपाइले रोगको औषधी खुवाउन थाले पनि अझै केही क्षेत्रहरु रोगको उच्च जोखिममा रहेको पाइएको छ ।
औषधी सेवन नगर्दा धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुर रोगको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय धनकुटाले सार्वजनिक गरेको एक तथ्यांङकमा औषधी सेवन गर्नेको संङ्या धेरै देखिएता पनि थोरै मात्रले औषधी खाएको सर्वेक्षणमा देखिएको जनाएको छ । औषधी सेवन नगरेका कारण धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुर हात्तिपाईले रोगको उच्च जोखिममा रहेको पाइएको छ ।
राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम औषधी सेवन अभियान २०७६ को अभियान अन्र्तगत पत्रकार सँगको अन्तरक्रियामा जितपुरमा ७ जनामा रोगको जिवाणु भेटिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले बताए । हात्तिपाइले रोगीहरु अझै देखा परेकाले नवौ पटक पनि औषधी खुवाउने अभियान संचालन गर्नु परेको उनले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्वास्थ्य कार्यालय धनकुटाको आयोजनामा सम्पन्न अन्तक्रियामा जिल्लामा हात्तिपाईले रोगी भेटिएकाले रोग फैलन सक्ने कुरालाई मध्यनजर गर्दै रोग फैलिन नदिने र रोगीको संख्यामा कमि ल्याउने उद्धेश्यले अभियान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ ।
नेपालमा ६३ जिल्लामा साढे २ करोड जनसंख्या हात्तिपाईले रोगको जोखिममा रहेका छन् । अलवेण्डाजोल नांमक औषधी भनेको जुकाको औषधी भएको र यो औषधी भनेको गर्भवती आमालाई पनि खुवाउन मिल्ने र डिईसि नामक औषधी स्नोफिला भई घाँटी दुख्दा, थाईराईट लगायतका रोगको उपचारका लागि खुवाउने गरिएकाले यो औषधी खादा कुनै असर नगर्ने हुँदा सबैले खान मिल्ने बताएको छ । यस अघिका अभियान प्रभावकारी औषधी सेवन कार्य गर्दा गदै पनि आठौ चरणमा पनि हात्तीपाइले रोग अझै देखा परेकोले नवौ चरणको औषधी सेवन अभियान सञ्चालन गर्न परेको हो ।
स्वास्थ्य कार्यालय धनकुटाका अनुसार आगामी माघ २५ गते सबै वडामा खुवाउने त्यसपछि २६,२७, २८ गते सम्म गाउँघरमा अभियान लिएर घुम्दै घर घरमै खुवाइने भएकाले अभियानमा सहभागि हुन आग्रह गरेको छ । औषधी खान योग्य जनसंख्याले औषधी नखाएका कारण रोग निर्मुल हुन नसकेको सहभागिहरुले बताएका छन् । धनकुटामा १ लाख ६० हजार जनालाई हात्तीपाइलेको औषधी खुवाईने तयारी भएको गुरागाईले जानकारी दिए ।