धरानः समाजमा कुनै अपरिचित व्यक्तिको नगद, जिन्सि तथा महत्वपूर्ण कागजात भएको सामान भेटाएपछि फर्काइदिने व्यक्ति प्रायः कमै हुन्छन् । तर महत्वपूर्ण कागजात र नगद सहित भेटेको पर्स नेपाली कांगेस धरानका सचिव तथा समाजसेवी युवराज शंकरले पर्स धनि फिफराज इवाहाङ्लाई फिर्ता गरेका छन ।
बुधबार धरानको भानुचौक स्थित रहेको वडा प्रहरी कार्यालयमा समान धनि धरान २ को फिफराज इवाहाङ्लाई बोलाएर लाईसेन्स, एटिएम, र पर्सका रहेको ७ हजार ७५ रुपैयाँ र बराईनको ११ दिनार भएको पर्स शंकरले धनीलाई इमान्दारीका साथ बुझाएका हुन् । इवाहाङ्गले आफ्नो महत्वपूर्ण सामान भएको पर्स भेटाएर फर्कादिएकोमा खुशी व्यक्त गर्दै सम्पुर्ण रकम सहित धन्यवाद ज्ञापन गरेका थिए । पर्स धनि बहराइनबाट छुट्टिमा आएका हुन । तर समाजसेवी शंकरले आफ्नो जिवननै समाजसेवामा सर्मपित गरेकाले यसलाइ पनि एउटा समाजसेवाको रुपमा लिएर रकम लिन मानेनन ।पर्स शंकरले हिजो राति साढे ८ बजेको समयमा आफ्नो दाई मिलन शंकरसँग मोटरसाइकलमा सवार गरिरहेको बेला धरान १५ स्थित एभरेष्ट लाइनमा भेटाएको बताएका छन । शंकर विश्वकर्मा यूवा समाज धरानका अध्यक्ष समेत हुन ।