बिराटचोक: ‘रक्तदान नै जीवनदान हो’ भन्ने नाराका साथ अनेरास्वबियू सुकुना बहुमुखी क्याम्पस कमिटिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा १२३ प्रिन्ट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटीको बिराटनगरको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम गरिएको अनेरास्ववियूका बिद्यार्थी नेता रबिन भण्डारीले बताए । कार्यक्रममा क्याम्पसका बिद्यार्थी,छिमेकी बिद्यालयका बिद्यार्थी, तथा बिभिन्न सघं सस्थामा आबद्ध ब्यक्तिले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा प्रदेश एक सदस्य चन्द्रबहादुर गुरुङ, बिशेष अतिथिमा क्याम्पस प्रमुख चन्द्रमणी राई रहेका थिए । बिद्यार्थी हकहितका लागि सदैब अनेरास्ववियू सुकुना क्याम्पस तत्पर रहेको बिद्यार्थी नेता भण्डारी बताउँछन् ।