इटहरीः इटहरीको मुख्यचौंकको सडक साँधुरो बनाएको बिषयमा मौन बसेका इटहरी उपमहानगरमा मेयर द्धारिकलाल चौधरी फेरी सार्वजनिक जग्गा, पैनी र खोला मिचेर निर्माण गरिएका संचरना भत्काउने अभियानमा जुटेका छन् । उनले बिहिबार इटहरी हलगडा माथि रहेको अमृत कार्कीले संचालन गर्दै आएको रोयल रिर्सोट भत्काउन १५ दिने चेतावनी दिएका छन् । रिर्सोट संचालकलले खोला मिचेर संरचना बनाएको बिषयमा इटहरी उपमहानगरले पटक पटक पत्र काटेर भत्काउन भनेपनि अटेर गरेपछि बिहिबार मेयरको निर्देशनमा नगरप्रहरीको सहयोगमा रिर्सोट संचालक कार्कीलाई इटहरी उपमहानगरमा झिकाई १५ दिन भित्रमा खोला मिचेर बनाइएका संरचना भत्काउन कागज गराईको मेयरका सहयोगी कर्मचारी सुर्य चौधरीले बताए ।
इटहरी उपमहानगरको प्रवेशद्धार अगाडी सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको बहुउद्धेश्य सहकारीका संचालकलाई पनि पत्र काटेर घरवहाल कर तिर्न निर्देशन दिएका छन् । मेयर चौधरीले घर बहाल कर नतिरे सो भवन इटहरी उपमहानगरले खाली गराई इटहरी उपमहानगरको कार्यालय संचालन गर्ने चेतावनी दिएको उनले बताए । त्यस्तै मेयरसंग विवादमा मुछिएका इटहरी खानेपानी संस्थाका अध्यक्ष तथा नेकपा नेता रामप्रसाद चौलागाईले इटहरी ५ मा निर्माण गरेको घर भत्काउनका लागि बिहिबार इटहरी उपमहानगरमा उजुरी पनि दर्ता भएको मेयरका सहयोगी चौधरीले जनाकारी दिए ।