इटहरी: प्रदेश १ को प्रदेशसभामा नेकपा १० महिनादेखि सचेतकविहीन भएको छ। २०७५ चैत २२ मा तत्कालीन सचेतक सीता थेबे संसदीय उपसमिति सभापति भएपछि सचेतक रिक्त भएको हो।
पूर्व माओवादीको तर्फबाट पाँचथरबाट समानुपातिक सांसद भएकी थेबे उद्योग, पर्यटन, वन तथा वातावरण उपसमिति सभापति भएकी छन् । पूर्व एमाले र माओवादीको दलीय भागबन्डा नमिल्दा १० महिनासम्म सचेतक खाली भएको एक सांसदले बताए।
यता, पूर्व एमालेको तर्फबाट सोलुखुम्बुबाट प्रत्यक्ष निर्वाचित प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने हिउँदे अधिवेशनले सचेतक टुङ्गो लाग्ने जानकारी दिए। "हिजोबाट सुरु पाँचौँ अधिवेशन वैशाख सम्म हुन्छ", राजभण्डारीले भने, "त्यै अवधिभित्र सचेतक फाइनल हुनेछ ।"