इटहरी: पुर्व अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डाक्टर रामसरण महतले गच्छदारलाई ललिता निवास प्रकरणमा मुद्दा हाल्नु गलत भएको बताएका छन् ।
आज अपराह्न ५ बजे इटहरीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै महतले यस्तो बताएका हुन।
"गच्छदारले आफुले प्रधानमन्त्रीको निर्देशनमा सिफारिस मात्रै गरेको बताउनु भएको छ", डाक्टर महतले भने, "अख्तियार जस्तो संबैधानिक निकायले गरेको निर्णयको बचाउ सरकारका प्रबक्ताले गर्दैहुनुन्छ। यसले पक्षपाती निर्णय भएको देखाउछ।"