विराटनगरः प्रदेश एक संसदलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । ललिता निवास प्रकरणमा अख्तियारले एकपक्षी निर्णय गरेको भन्दै सरकारको इशारामा अख्तियार चलेको उसको आरोप छ ।
पाँचौ एवंम हिउँदे अधिवेशनको दोस्रो दिन आज काँग्रेसले बैठक सुरु हुनुवित्तिकै अवरोध पुर्याएको हो । सभामुख प्रदीप कुमार भण्डारीले बैठक सुचारु भएको जानकारी दिनेबित्तकै विपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले उठेर बैठक सुचारु हुन दिनएनन । केहि बेर सभामुख भण्डारीले बस्न आग्रह गर्दा पनि काँग्रेस सांसदहरु नबसेपनि आफ्नो धारणा राख्न काँग्रेस सचेतक सुयर्माराज राईले समय दिएका थिए ।
राईले आफ्नो पाटी उपसभापती विजयकुमार गच्छचारलाई अख्तियारले अन्याय गरेको भन्दै सोहि क्यावीनेटका प्रधानमन्त्री छुट्ने र मन्त्रीलाई मात्र मुद्धा चलाइनु हाँस्यास्पद भएको तर्क गरे ।
उनले प्रधानमन्त्री दोय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाइ पनि छानबिन गर्नुपर्ने भन्दै आस्थाका आधारमा मुद्धा चलाएको भन्दै सरकारको आलोचना गरे ।
राईले प्रदेश संसद अवरोध पुर्याएर प्रधानमन्त्रीलाई जानकारी दिएको भन्दै अपराधको आधारमा व्यक्तिलाई कारवाही हुुनुपर्ने भन्दै आस्थाका र सत्ताको आडमा कसैलाई पनि उन्मुक्ति दिन हुने तर्क गरे ।