इटहरीः व्यवसायीलाई आतंक मच्चाएको भन्दै काँग्रेस इटहरीले असन्तुष्ट व्यक्त गरेको छ । नगर प्रमुख द्धारिकलाल चौधरीले पान पसल संचालक सुवास साहको पसल बन्द गर्ने धम्कि दिएको भन्दै व्यवसायी माथिको राज्यको धावा सह्य नभएर आफुले पसल खोल्न लगाएको काँग्रेस नगर प्रमुख हेमकर्ण पौडेलले बताएका छन् ।
मयेरले पसल बन्द गराउने पत्रचार गरेका थिए । उनले फोहोर गरेको भन्दै पसल बन्द गराउन अल्टिमेटमसहितको पत्र टाँस गराएपछि आफुमाथि धम्कि समेत आएको साहले गुनासो गरेका छन् । आज दिउँसो निकै तनाब बनेको उक्त पसल क्षेत्रमा केहि दिन अघि मात्र मेयर चौधरीले गुटका, पान पसलमा केहि सामाग्री जफत गरेको पीडितले बताएका छन् । नीति नियमत बिना हुलहुज्जतको शैलीमा मेयरले देखाएको कार्यशैलीको चौतर्फी आलोचना भइरहेको छ । सिएफएल काण्डपछि चुपचाप बसेको इटहरी काँगे्रस पहिलो पटक मेयर चौधरीको विरोधमा देखिएको हो ।
सभापती पौडेल नै व्यवसायीलाई सहानुुभुती देखाउन पसलमा पुुगेका छन् । उनले पदिय शक्तिको दुरुपयोग नगर्न समेत मेयर चौधरीलाई चेतावनी दिएका छन् ।
मेयरको अराजकताले पराकाष्ठ नाघेको छ ।’ पौडेलले भने ‘पदिय आडको दुरुपयोग गर्दै गुण्डागर्दी शैलीमा मजदुरको रोजिरोटि खोस्न पाइँदैन ।’