इटहरीः इटहरी– ५ का राम प्रसाद चौलागाईलाई ७ दिन भित्र घर खाली गर्न इटहरी उपमहानगरपालिकाबाट पत्राचार भएको छ । इटहरी खानेपानी संस्थाका अध्यक्ष समेत रहेका चौलागाईलाई सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै उक्त ऐलानी सरकारी जग्गा खाली गराउन ७ दिनको म्याद सहितको सुचना उनको घरमा आज टाँस गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईको हस्ताक्षर गरेको  चलानी नम्बर २६५८ नम्बरको उक्त पत्रमा उल्लेख छ ‘यो सृुचना टाँस गरेको सात दिन भित्र उक्त ऐलानी सरकारी जग्गा खाली गरीदिनु भनी यो सुचना जारी गरिएको छ । अन्यथा नियमानुसार भै जाने व्यहोरा जानकारी गराइन्छ ।’
यता चौलागाईले भने उक्त पत्र सामाजिक संजालमा राख्दै उक्त पत्रको बेहोरा गलत भएको आसयको पोस्ट गरेका छन् । उनले लेखेका छन् ‘...सीपालुहरुको नपत्याउनेगरी खाने एक तरीका रहेछ । त्यो असफल पार्दाको परिणाम हो यो ।’
इटहरी नगर प्रमुख चौधरीले माघ २४ गते नेकपा पाटी कार्यलय इटहरीमा कार्यकर्ता भेटघाट गर्न आएका पूर्व प्रधानमन्त्री एवंम पाटी नेता माधव कुमार नेपालको कार्यक्रममा समेत नगर प्रहरी खटाएर चौलागाईले पक्राउ गर्ने सुचना दिएका छन् । सोहि दिन उनको खानेपानी कार्यालय र वार्ड नम्बर ५ मा रहेको निवासमा समेत प्रहरी पठाएर पक्राउ गर्न लगाएका थिए ।