पूर्व प्रधानमन्त्री नेपालद्वारा नोबेल अस्पतालको निरीक्षण, राम्रो उपचारले बिरामी सन्तुष्ट पाएको प्रतिक्रिया

  • माघ २६, २०७६
  • ३२४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

बिराटनगरः पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आज बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको निरीक्षण गरेका छन् । अस्पतालमा उपचाररत बिरामीहरुसँग कुराकानीसहित नेता नेपालले न्यूरो र कार्डियोमा नोबेलले भित्र्याएको नयाँ प्रबिधिको निरीक्षण गरेका हुन् ।
नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा, अस्पताल निर्देशक डा.राजेश नेपाल लगायतले नेता नेपाललाई अस्पतालका बिभिन्न कक्षसहित अत्याधुनिक उपकरणको अवलोकन गराएका थिए । नेता नेपालले दक्षिण पूर्वी एशियामै पहिलो पटक नोबेलले सुरु गरेको अत्याधुनिक न्यूरो सर्जरी सेवा, शल्यक्रिया कक्ष, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआइ, ओपन हार्ट सर्जरी आइसीयू कक्ष लगायतको अवलोकन गरेका छन् ।

अस्पताल निरीक्षणपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता नेपालले नोबेलमा राम्रो उपचारका कारण बिरामीहरुको चाप बढीरहेको पाएको प्रतिक्रिया दिए । ‘बिरामीहरु सन्तुष्ट भएको पाईयो । नोबेलले उपचारमा नयाँ–नयाँ उपकरण ल्याएको रहेछ । यहाँको भीड हेर्दा पक्कै पनि नोबेलले राम्रो उपचार गर्दो रहेछ भन्ने लाग्यो ।’ नेता नेपालले भने ।
अस्पतालहरुले राम्रो उपचार गरेर बिरामीलाई सन्तुष्ट बनाउँनुपर्नेमा जोड दिदै नेता नेपालले नोबेलमा अत्याधुनिक उपकरणको प्रयोग गरेर बिरामीको उपचार भईरहेको देख्दा खुःशी लागेको बताए । सो अवसरमा नेता नेपालले नोबेलमा उपचाररत नेकपाका स्थानीय नेता कृष्ण बोगटी लगायतको स्वास्थ्य अवस्था जानकारी लिएर सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लायन्स क्लब अफ इटहरी ...

इटहरी: लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिले इटहरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स ...

इटहरीमा रुखबाट खसेर ...

इटहरी: सुनसरीको इटहरीमा रुखबाट खसेर एक ब्यक्तिको मृत्यु भएको छ । इटहरी २ भुल्के चोक घर भएका ७८ वर्षी ...

प्रदेश १ पछिल्लो २४ ...

इटहरी: शुक्रबार प्रदेश १ मा ९५ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमितमध्ये ७६ पु ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved