भोजपुर : भोजपुर बहुमुखी क्याम्पसमा ईलाईब्रेरीको उद्घाटन गरिएको छ । नेकपा जिल्ला कमिटि भोजपुरका संगठन प्रमुख शरण कुमार राई र भोजपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.रोहित कुमार श्रेष्ठले संयुक्त रुपमा रिवन काटि उद्घाटन गरेका हुन्।
ट्याम्केमैयुङ गाउँपालिकाको ४ लाख रआमचोक गाउँपालिकाको ३ लाख र अन्य रकम स्वयमं क्याम्पसको सहयोगमा १० थान कम्प्यूटर सहितको ईलाईव्रेरी स्थापना गरीएको स्वतन्त्र विद्यार्थी यूनियनका सभापती प्रकाशसिहं राईले जानकारी दिए ।

सभापती राईले भोजपुर बहुमुखी क्याम्पसमा अध्यानरत सवै विद्यार्थीलाई पहिलाको जस्तो दुख नहुने भन्दै यस लाईब्रेरीको राम्रो सदुपयोग गरी पठनपाठनमा सहज हुने बताए । ईलाईब्रेरी उद्घाटनसंगै स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा अध्ययनन गर्न आउने बव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम समेत गरेका थिए ।

कार्यक्रममा पूर्व अनेरास्ववियु केन्द्रिय कमिटिका सचिव मक्कर खड्का, अनेरास्ववियू भोजपुर जिल्ला कमिटि संयोजक ध्रुबराज राई लगायत अन्य अतिथिहरुको उपस्थित रहेको थियो ।