इटहरी: विश्व सिमसार दिवसको अवसर पारी गत माघ १९ गतेबाट सुरु भएको कोशी पर्यटन महोत्सवको मिति तिन दिन सम्मका लागि थपिएको छ ।

दिन प्रतिदिन आन्तरिक तथा बाह्रय पर्यटकको संङख्या बढेको भन्दै आउँदो शनिबार सम्म महोत्सव सञ्चालन हुने कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले बताए । महोत्सव बुधबार सम्म भएपनि पर्यटक आउने क्रम नरोकिएकाले मिति सारीएको हो । एक लाख पर्यटक भित्त्राउने लक्ष्यमा महोत्सवको आयोजना गरेका थियौं तर पर्यटकको संङख्या सोमबार सम्म एक लाख भन्दा बढिले अवलोकन गरेको अध्यक्ष अंसारीले बताए ।

बिशेष गरी नेपालका जिल्लाहरु सुनसरी, मोरङ, झापा, इलाम,सिराहा, सप्तरी, उदयपुर लगायत अन्य ठाउँका आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । त्यसैगरी भारतका बिभिन्न क्षेत्रबाट उल्लेखिय रुपमा बाह्रय पर्यटक आएको आयोजकले बताएको छ । महोत्सवमा हात्ती सफारी, जङ्गल सफारी, जेट बोट, कुस्ती प्रतियागिता, विभिन्न प्रजातिका चराचुरुङ्ग्गीले पर्यटकको रोजाई बनेको अध्यक्ष अंसारीको भनाई छ ।