इटहरी : अनेरास्ववियू सुनसरीले २५ औं जनयुद्ध तथा जनआन्दोलन दिवसको अवसरमा इटहरी चोकमा साझँ दिप प्रजलन गरेको छ ।
शशस्त्र आन्दोलनमा ज्यान गुमाएका सहितहरुको सम्झनामा दिप प्रजलन गरिएको अनेरास्ववियू सुनसरी जिल्ला संयोजक जिवि गजलले जानकारी दिए । उनले भने देश प्रति सहितहरुको अतुलनिय योगदान रहेकाले आजको युवा पुस्ताले उनीहरुको योगदानको कदर गर्नु पर्ने बताए ।
तत्कालीन नेकपा माओवादीले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुुद्धको आरम्भ गरेको थियो,त्यसपश्चात तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा’ का रुपमा मनाउन थालिएको हो ।
कार्यक्रममा नेकपा सुनसरी जिल्ला सदस्य तथा खेलकुद बिभाग प्रमुख मदन चुडाल, नेकपा इटहरी नगरकमिटि सचिव काशींनाथ दगांल, नगरकमिटि सचिवालय सदस्य रितेश श्रेष्ठ लगायत दर्जनौं नेकपा आबद्ध कार्यकर्ता सहभागिता रहेको थियो।