इटहरीः तपाँइ इटहरीमा रहेको प्रदेश १ कै प्रसिद्ध घुम्ने स्थान तालतलैया पुग्नु भएको होला । तालतलैयाका कुना कुना पुगेपनि सँगै रहेको बुढासुब्बा मन्दिरमा भने पुग्नु भएको छैन होला ।
तालतलैयाको मुख्य गेटबाट धरानतर्फ जाने भित्री बाटो हिँडेपछि आउँछ बुढासुब्बा चौक । हो, त्यही बुढासुब्बा चौकभित्र छ इटहरीको बुढासुब्बा मन्दिर । २०५५ सालमा औपचारिक स्थापना भएको बुढासुब्बा मन्दिर परिसरका बाँसमा प्रेमीहरूले नाम लेख्छन् ।
यस अगाडि नजिकै भएर पनि नपुगेको इटहरीको बुढासुब्बामा आज प्रणय दिवसको दिन तपाँइ पनि गएर बाँसमा नाम लेख्ने कि?