बिराटनगर: बिराटनगरमा ४ मा टिपरले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना गम्भिर घाईते भएका छन् ।

शनिबार बिहान करिब ७ बजे को १ ख ७३०९ नम्बरको टिपरले मोटरसाइललाई ठक्कर दिएको हो । मोटरसाइलमा सवार घाइतेहरुको पहिचान खुल्न सकेको छैन भने उनीहरुको कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

टिपर चालक ग्रामथान गाउँपालिका वडा नं. ७ मोरङ बस्ने ३८ बर्षका शशिकुमार खान्दार सहित टिपर इलाका प्रहरी कार्यालय निम’वाको नियन्त्रणमा रहेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरी जानकारी दिएको छ ।