इटहरीः प्रदेश नम्बर १ को केन्द्रविन्दु इटहरीमा शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यले पहिलो पटक रमपम पुर्वेली म्युजिक अवार्ड २०२० हुने भएको छ । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा आउँदो चैत्र १४ गते शुक्रबार हुने भएको हो ।

आयोजकले सोमवार इटहरीको ओसियन पार्कमा अवार्ड आयोजना बारे पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । २२ वटा बिधामा अवार्ड प्रदान गर्ने जानकारी आयोजकले दिएको छ । पूर्व क्षेत्रमा कार्यरत रंग पत्रकार तथा पूर्वेली गीत संगीतमा योगदान गर्ने एक सर्जकलाई लाईफटाईम अचिवमेन्ट अवार्ड समेत प्रदान गरिने सो पत्रकार सम्मेलनमा जानकारी दिईयो ।


म्यूजिक अवार्ड कार्यक्रममा मुल्यांकनका आधारमा जुरी टिमले टप ५ छनौट गर्नुका साथै उत्कृष्ट टप ५ मनोनयनमा परेका गीतहरु भेटिङका माध्यमबाट सर्वोकृष्ट गीत छनौट गरिने छ । भोटिङका लागी खल्ती एपबाट भोट गर्न सकिने ब्यबस्था गरिएको साथै नोमिनेशनका लागी समेत सो एपबाट फर्म भर्न सकिने व्यवस्था रहेको आयोजकले बताएको छ । पूर्वेली म्यूजिक अवाडको कार्यक्रममा १५ देखि २० लाखको बिचमा खर्च हुने अनुमान गरिएको आयोजकको भनाइमा छ । कार्यक्रममा मुख्य प्रायोजक रमपम नुड्ल्स, इन एसोसिएसन विथ एन ,आइ सि एसिया बैंक रहेको साथै इभेन्ट म्यानेजमेन्टमा सिल्भर इन्टरटेनमेन्ट तथा प्रमोटरमा पूर्वेली न्यूज रहेका छन् ।

पुर्वली म्यूजिक अवाडमा बेस्ट न्यू आर्टिस्ट, सङ अफ द इयर, बेस्ट मेल भोकल पर्फमेन्स, बेस्ट फिमेल भोकल पर्फमेन्स, बेस्ट भोकल कोलाब्रेसन, बेस्ट कम्पोजिसन, बेस्ट अरेन्जमेन्ट्, बेस्ट लिरिक्स, बेस्ट लिम्बु सङ्का विधाहरुमा अवाड प्रदान गरिने भएको छ । साथै बेस्ट तामाङ सङ्, बेस्ट शेर्पा सङ्, बेस्ट मगर सङ्, बेस्ट राइ सङ्, बेस्ट गाुरूङ सङ्, बेस्ट थारू सङ्, बेस्ट मैथली सङ्, बेस्ट राजबंशी सङ्, बेस्ट भिडियो, बेस्ट भिडियोग्राफी, बेस्ट भिडियो इडिटर, बेस्ट मोडल (मेल), बेस्ट मोडल (फिमेल) समेतलाई पुर्वेली म्यूजिक अवाडमा समेटिने आयोजको भनाइ छ ।

86671075_197009081681233_2462370193213489152_n

नयाँ पुस्ताहरुलाई पूर्वेली गीत संगितमा केही सृजना गर्न प्रेरणा दिनुका साथै शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको विकासमा टेवा पुर्याउनका लागि समेत पूर्वेली म्यूजिक अवाड पूर्वमा पहिलो पटक आयोजना गर्ने तयारी तिव्र रुपमा गरिएको पूर्वेली मिडिया नेटर्वक प्रा लि का प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालले जानकारी दिए । उनले नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएकोले पूर्व लगायत धेरै क्षेत्रमा लोक गीत नै गुन्जिने हुँदा जुन हाम्रो मौलिक संस्कृति ,लोक गीत, संगित, बाजागाजा र भाकाहरु हाम्रा अमुल्य सम्पत्ति समेत भएको जानकारी दिए ।

पूर्वेली म्यूजिक अवाडका व्यवस्थापक तथा कलाकार राजन क्षेत्रीले स्वागत मन्तव्य राखेको पत्रकार सम्मेलन कार्यक्रमको संचालन पूर्वेली न्यूजका सम्पादक नरेन्द्र वस्नेतले गरेका थिए ।

86707644_1622680397887627_6574570498871525376_n