विराटनगरः नेपाल समाचारपत्रमा लामाे समय कायर्रत विराटनगर निवासी पत्रकार कमल पाैडेल ब्लड क्यान्सरबाट पीडित भएका छन् । उनकाे उपचारकालागि अार्थिक सहयाेग जुटाउन थालिएकाे छ । ब्लड क्यान्सर देखिएपछि पत्रकार कमल पौडेल उपचारका लागि काठमाडौंको सिभिल अस्पताल भर्ना भएका छन्। उनको उपचारमा करिब ३० लाख रुपैयाँ खर्च हुने अस्पतालले जनाएपछि अमेरिकामा बस्ने पत्रकारहरुले गोफन्डमीमा सहयोग संकलन अभियान सुरु गरेका छन्।

२० हजार डलर संकलन गर्ने लक्ष्यका साथ सुरु गरिएको गोफन्डमीमा २३ फेब्रुअरीसम्म सहयोग गर्न सकिने जनाइएको छ। सहयोग संकलन अभियानका नेतृत्वकर्ता किशोर सापकोटाका अनुसार पहिलो दिन नै १ हजार ५ सय ६६ डलर उठेको छ।

 अध्यापनमा समेत संलग्न पौडेल पछिल्लो समय विराटनगरबाट प्रसारण हुने मकालु टेलिभिजनमा समाचार सम्पादकका रुपमा कार्यरत थिए ।