धरानः केही दिन अघि नेकपा धरानले आयोजना गरेका धरानका पुर्व मेयर स्वर्गीय ध्यान बहादुर राई प्रतिको श्रद्धान्जली सभामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले राइ प्रति कुनै अमर्यादित भाषा नबोलेको प्रष्ट पारेका छन् ।
दिवंगत राईसँग जोडेर सञ्चार माध्ययमा आएको समाचार प्रति उनले खेद व्यतm गर्दै भत्र्सना गरेका छन् । विहीबार पत्रकार सम्मेलन गर्दै फागुन ३ गते स्व. मेयर राईलाई नेकपा धरान उपमहानगरकमिटीले आयोजना गरिएको श्रद्धाञ्जली सभामा आफुले बोलेका पुर्ण कुरा भन्दा पनि केही शब्दलाई मात्रै प्रयोग गरेर समाचार बनाइएको भन्दै गलत प्रचारवाजी गरेको उनको भनाई छ । उनले भने, ‘मैले कुनै असंवेदशील र अमर्यादित भाषा वोलेको छैन, श्रद्धान्जली सभामा आफु प्रमुख अतिथी रहेर श्रद्धा, सम्मान र श्रद्धान्जली व्यतm गर्न विराटनगरमा आयोजना गरिएको एक कार्यक्रम समेत छोडेर धरानको कार्यक्रममा सहभागी भएको हुँ, गलत प्रचार गर्ने मनासायले केहीले उहाँको योगदान र सम्मानलाई समेत मान मर्दन गरेका छन्, त्यसप्रति मेरो आपती छ, खेद प्रकट गर्दछ ।’
निकै लामो समयदेखि नै ध्यान बहादुर राईसँग संगत भएको र समकालिन समेत रहेकाले उनको निधनप्रति द’ःख व्यतm गर्दै परिवर्तनकारी आन्दोलनमा योगदान उच्च रहेको चर्चा परिचर्चा गरेर आफुले श्रदाञ्जली व्यतm गरेको नेता आचार्यले वताए । उनले भने, ‘चाहे त्यो २०३६ सालको परिवर्तनको आन्दोलन किन नहोस्, २०४५÷४६ को जन आन्दोलन र २०६२–०६३ को परिवर्तनको आन्दोलनमा स्व. राईको योगदानलाई कहिल्यै भुल्न हुँदैन ।’ जनताको घरदैलोमा पुगेर जनतासँग भलाकुसारी गर्ने जस्ले गर्दा संसारकै क्रान्तिकारी नेता चे–ग्वाभारासँग तुलना गर्दै सम्मान व्यतm गरेको उनको भनाई छ । आफ्नो मन्तव्यलाई गलत अफवाह फैलाइएको भन्दै उनले विज्ञप्ती समेत जारी गरेर आफुले वोलेको कुरालाई उल्टोपाल्टो पारेर भ्रम सृजना गरेको आरोप उन लगाए ।
जग्गा दलाल भनेको भन्ने आरोपको सन्दर्भमा आचार्यले भने, ‘अन्तराष्ट्रिय युरोप र अमेरिकामा जग्गा व्यवसाय मर्यादित पेशा भनेर स्थापित वनेको तर नेपालमा भने अझै पनि यो पेशामा लाग्नेहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गरेको मात्र हुँ, युरोप अमेरिका तिर मर्यादित पेशा हो तर नेपालमा भने यो व्यवसायलाई फरक दृष्टिकोणले हेरिन्छ, यो व्यवसाय र स्वं राईलाई अपमान गरेको होइन, सम्मानित व्यवसाय वनाउनु पर्छ भनेर स्पष्ट पारेको हुँ, तर पुरै कुरालाई भन्दा शव्दलाई मात्रै केलाएर अतिरन्जित वनाइका हो, झुठो प्रचारवाजीको खारेजी सहित दुःख व्यतm गर्दछ ।’
पत्रकार सम्मेलनमा नेकपा उपमहानगर कमिटी धरानका नगर अध्यक्ष नारायण सुवेदीले नगर कमिटीले स्वर्गीय मेयरको सम्मान र श्रद्धा व्यतm गर्नको लागि उहाँको स्मृतिमा श्रद्धान्जली सभा आयोजना गरिएको बताए । तर कार्यक्रमको प्रमुख अतिथीले वोलेको कुरालाई सारमा नभई शव्दको टुक्रालाई मात्रै अतिरन्जित वनाइको उनको भनाई ।