विराटचोकः निर्माण भईरहेको विराटचोक–घिनाघाट ४ लेन सडकको प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले सुक्रबार अनुगमन गरेका छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई जोड्ने सो सडकको उनले अनुगमन गरेका हुन् । अनुगमनमा उनिसंगै प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिर बाबु गुरुङ, सचिव राजेशप्रसाद घिमिरे, पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजन इञ्जिनियर सुशील श्रेष्ठ, प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाललगायतको टोली सहभागी थियो ।

87041737_196920974858734_8951822605011124224_n

अनुगमनका क्रममा मुख्य मन्त्री राईले प्रदेशको पहिलो र गौरवको आयोजना भएकाले नमुनाका रुपमा लिएको र काम सन्तोस जनक रहेको प्रतिक्रीया दिए । हाल निमार्ण भइरहेकोकार्य प्रगति सन्तोसजनक भएको उनको भनाई थियो ।“काम यसरी हुनु पर्छ सडकहरु सिलान्यास हुने तर दशौ वर्ष निमार्ण कार्य सम्पन्न नहुने अवस्थाको यो नमुना सडकको निमार्ण कार्यले तोडेका छ” मुख्य मन्त्रीको भनाई थियो । निमार्णकार्य कुनै बहानामा नरोकिने बताउदै समयमै काम सम्पन्न हुने बताएका छन् । राईले समयमै काम सम्पन्न गर्नेलार्ई प्रदेश सरकारका तर्फबाट सम्मान गर्ने बताए । यस्तै सडकमा रहेका पोल सार्नका लागि टेन्डर आह्वान गरिएको र चाँडै पोल सार्ने, सडक किनारमा रहेका रुख काट्ने, हरैचा बाजारमा रहेको मन्दिरलाई सार्ने कि त्यहि राख्ने भन्ने विषयमा सडकको चौडाई नापेर स्थानीय संग छलफल गरेर टुङ्याउने बताए ।

राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा २३ भदौमा प्रदेश सरकारको गौरवको योजना मानिएको यो सडक शिलान्यास गरेका थिए । २२ किलोमिटर लामो ४ लेनको यो सडक प्रदेशकै गौरवको योजनाका रूपमा लिइएको छ । २ वर्ष्भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी श्रेष्ठ रमण एपेक्स कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको छ । समयमै गौरवको आयोजना सक्ने गरी कामलाई द्रुत गतिमा अगाडि बढाइएको कम्पनीले जनाएको छ । अहिले सकडका सबै भागमा दुवै तर्फको ड्रेन निर्माण गरी माटो पुर्ने र साना पुल निर्माण गर्ने काम धमाधम भइरहेको छ ।

87261219_2584827171640150_5620499657877618688_n