के कोही नामर्द छ यो शहरमा ?
जसले बनाएको होस्
एक्ली छोरी मान्छे सुरक्षित बस्न सक्ने घर
यस्तो घर चाहिनुुको कारण ? तल व्याख्या गरिएको छ ...
चुकुल लगाउन बिर्सेको बेला
ढोका ढयाक्क पार्दा
घरबेटी आन्टी दौडेर आइपुग्थिन्
सायद उनलाइ थाहा थियो ढोकाको महत्व,
मलाई भन्दा धेरै
मलाई भन्दा पहिल्यै
जब जब घरबेटी अङ्कल आफ्नो घरको छतलाई
श्रीअन्तुको टुप्पो सम्झेर
हरेक बिहान सूर्योदय हेर्न झुल्किन्थे छतमा
हरेक साँझ ताराहरू गन्न पल्केथे छतमा
त्यतिबेला मेरो दैलोले निकाल्ने भन्दा ठूलो आवाज
आन्टीको मुटुले पनि निकल्ने गथ्र्यो मेरो जस्तै
अनि मैले अपर्झट कुम्लो कसेँ
अब त घर फेरियो, घरबेटी फेरिए
तर, फेरिएन हावाको वेग
कहिले भाडा माग्ने त कहिले भाँडा पुु¥याउने निहुँले
घर अङ्कलको भूत घरी मेरो मुट त घरी आन्टीको मुटुुमाथि टेकेर बज्रिरह्यो ।
के, कहाँ टेक्दैछु साँच्चै थाहा थिएन होला उनलाई ?
यसको जवाफ नभेट्दै म त्यहाँ पुुगे जहाँ घरबेटी छैनन् ।
बसेका छन् सबै डेरवाल बनी, लागेछन् ती आफन्तै पनि
तर, म गएदेखि भिनाजुु पर्नेको अफिस अचानक छिटो छुट्टी हुन थालेको छ ।
जसले मेरो र दिदीको चैनलाई नै छुट्टी दिएको छ ।
उता, तरकारी पसले यति उदार छ कि
सधँै केही तरकारी थपिदिन्छ ।
फिर्ता पैसा ढिलो गरी दिन्छ
ऊ थपेको तरकारीको पूर्र्ति मेरो झोला, हात छुुँदै तरकारी दिएर लिन्छ
किराना पसले बेप्रसङ्ग सोध्छ ?
साँच्ची को को बस्नुु हुन्छ रे ?
एक्लै ।
म आइदिउँ साथी ?
उसका आँखाले छिल्लिँदै सोध्छन्
मैले टोलै छाड्नुुपर्ने भएको छ ।
मलाई फेरि नयाँ कोठा चाहिएको छ ।
कि यो समाजले भनिदिनु प¥यो
एक्ली छोरी मान्छे डेरा बस्न मनाही छ ।
अनि बसाउँला बरु अफ्रिकन गाउँमा जस्तै महिला मात्रको शहर
होइन भने कि छापिदिनुु प¥यो यस्तो सूचना
एक्ली छोरी मान्छे ससम्मान बस्न सक्ने कोठा
यो शहरमा यहाँ यहाँ पाइन्छ भनेर
थाहा छैन यस्तो सूचना कहिले आउला हाम्रो सञ्चार माध्यममा
अहिले त रेडियो गाइरहेछ
हीरा काट्नु हीरैमा राखेर....
म सुनाइरहेँछुु यस्तो कविता
किनकि मलाई यत्ति चैँ थाहा छ ।
सब सराकार वालाहरू
तरकारी पसले हुन्, किराना दोकाने हुन्,
घरबेटी अङ्कल हुन् ।