भोजपुर: दौडको माध्यमबाट पर्यटनको प्रबद्र्धन गर्न भोजपुरमा ट्रेल दौड हुने भएको छ । स्वस्थ खेलाडी उत्पादन गर्दै अन्र्तराष्ट्रियस्तरमा साहसिक खेलको सम्भावना कायम राख्ने उद्देश्यले ‘चौँथो टेम्केमैयुङ मुन्दुम ट्रेल रेस २०२०’ हुने भएको हो ।
पर्यटकीय टेम्केमैयुङ मुन्दुम पदमार्गको प्रबद्र्धन गर्ने दौडको मुख्य उद्देश्य रहेको छ । चैत २९ गते हुने दौडमा विश्व अल्ट्राधाविका मिरा राईको संलग्नता रहनेछ । देशविदेशका करिब डेढ सय धावकको सहभागी गराउने अपेक्षा रहेको आयोजक रिमाचुङ एजुकेशन स्पोर्टस एकाडेमीले जनाएको छ । पर्यटन प्रबद्र्धन र अन्र्तराष्ट्रियस्तरको ट्रेल दौडको सम्भावनालाई प्रचार गर्ने उद्देश्यले दौड राखिएको एकाडेमीका अध्यक्ष पावीहाङ राईले बताए । अध्यक्ष राईले भने, ‘यो दौडको उद्देश्य नै भोजपुरको पर्यटकीय स्थलको प्रचार गर्नु हो, यसका साथै अन्र्तराष्ट्रियस्तरको ट्रेल दौडका लागि यहाँ पनि प्रशस्त सम्भावना छन् भनेर देखाउनु अर्को हाम्रो धेय हो’
३६ किलोमिटर लामो दुरीको दौड टेम्केमैयुङ गाउँपालिकाको सुम्लिखादेखी सुरु भई पानधारेमा आएर टुंगिने जनाईएको छ । वर्षेनी आयोजना गरिने ट्रेल दौडको लक्ष्य स्वस्थ खेलाडी उत्पादन र युवापुस्ता, बालबालिकालाई दुव्र्यसनीबाट टाढा राख्न सहयोग पु¥याउने रहेको एकाडेमीका सचिव संग्राम राईले बताए । ‘नियमित दौड गराएर मात्र नभई दौडमा कुलतमा फसेका युवापुस्ता र बालबालिकालाई सहभागी गराएर सभ्य बनाउने हाम्रो प्रयास हो’ उनले भने, ‘दौडको माध्यमले हाम्रै ठाउँमा मिरा राई जस्ता अन्र्तराष्ट्रियस्तरका प्रतिभावान खेलाडी उत्पादन गर्नु हाम्रो लक्ष्य हो’
दौडका लागि टेम्केमैयुङ गाउँपालिकाले २ लाख बजेट छुट्याएको छ । दौडमा जिल्ला बाहिरका लागि खेलाडीहरुका साथै विदेशीहरु पनि भित्रिने भएकाले मुन्दुम पदमार्गको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष ध्रुवराज राई बताए । विदेशी पर्यटकको आगमनलाई विशेष ध्यानमा राख्दै आयोजना हुने दौड उपलब्धीमूलक हुने अध्यक्ष राईको दावी छ ।
विभिन्न विधा समेटिएको दौडमा पुरुष तथा महिलातर्फ प्रथम हुनेलाई जनही २५ हजार, दोश्रोलाई २० हजार, तेश्रोलाई १५ हजार र सान्त्वनालाई १० हजार नगदसहित मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै ४० वर्षभन्दा माथिको पुरुष तथा महिला दौड र समुहगत दौडमा पहिलो हुने समुह तथा धावकलाई जनही १० हजार, दोश्रोलाई ८ हजार र तेश्रोलाई ५ हजार नगद, मेडल, प्रमाणपत्र दिईनेछ । दौडमा उमेर र उत्कृष्टताको आधार महिला र पुरुषतर्फका एकजनालाई जनही ५ हजार नगदसहित मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।