धनुषाः नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पुर्याउने उद्देश्यले गठित पुष्पलाल मित्रता केन्द्रले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ । यसै सन्दर्भमा फागुन १० गते प्रदेश नम्बर २ को ढल्केबरमा प्रादेशीक भेला सम्पन्न भएको छ । प्रदेश नम्बर २ का इन्चार्ज तथा मित्रता केन्द्रका केन्द्रिय उपाध्यक्ष यदुवंश झाको अध्यक्षतामा आयोजित भेलाबाट राजकुमार यादवको संयोजकत्वमा ३७ सदस्यीय प्रदेश कमिटी निर्माण भएको मित्रता केन्द्रका महासचिव रविन कोइरालाले जानकारी दिनु भयो । मित्रता केन्द्रको संगठन विस्तार अभियान अन्तरगत यो पाचौ प्रदेश कमिटी निर्माण भएको उपाध्यक्ष झाले बताउनु भयो । उपाध्यक्ष झाका अनुसार सातै प्रदेशमा कमिटीहरु निर्माण गरिने छन् । देशभरीका सबै जिल्ला र स्थानीय तहसम्म कमिटीहरु विस्तार गरिने र चैत्र १७ गते काठमाण्डौंंमा केन्द्रिय स्तरको कार्यकर्ता भेला आयोजना गरिने महासचिव कोइरालाले बताउनु भयो । मित्रता केन्द्रका केन्द्रिय अध्यक्ष जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यमा आयोजित भेलामा प्रदेश नम्बर २ का ८ वटै जिल्लाका ६० जना प्रतिनिधिको सहभागिता रहेको थियो । भेलामा सहभागीहरुले आ–आफ्नो जिल्लाको रिपोर्टिङ गरेका थिए ।

pfc1