इटहरीः नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफनो ३३ औं वार्षिकोत्सवको अवसरमा इटहरी स्थित माया घर नेपालका ४६ जना वृद्धवृद्धाहरुलाई खाना खुवाएको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीले देशभर विभिन्न कार्यक्रम गरीरहेका बेला असाहय तथा मानसिक अवस्था कमजोर भएका सडकमा बेवारिसे अवस्थामा रहेका बालबालिका सहित माया घरमा रहेका ४६ जनालाई उनीहरुको रुचीअनुसार भोजन गराएको कम्पनीका प्रदेश नं.१ का प्रमुख नरेन्द्र राईले बताए ।
इटहरी २ हवाई चोकमा रहेको मायाघरमा रहेका विभिन्न क्षेत्रबाट आएका जेष्ठनागरीक बालबालिका तथा मानसिक सन्तुलन गुमाएकाहरुलाई दैनिक खाना तथा भोजन गराउन समस्या रहीरहेको बेला कम्पनीले एक छाक खाना खुवाएर गरेको सामाजिक कार्यले ठूलो सहयोग पुगेको माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले बताइन् ।
कम्पनीले पछिलो समय सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश १ मा शैक्षिक छात्रवृद्धि जेष्ठनागरीकहरुलाई सम्मान लगायत विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ, पथरी शाखा प्रमुख रबिन्द्र लिङदम,नेपाल विज्ञापन संघ प्रदेश १ का संयोजक पवन अधिकारी, पेशागत विमा अभिकर्ता संघ इटहरी शाखा प्रमुख किशन शाही, पूर्बी खवर डटकमका सम्पादक त्रिलोचन पौड्याल,पुर्बेली न्युजका प्रकासक सुरेसचन्द्र दाहाल लगायत कम्पनीका कर्मचारी अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

2