इटहरीः होटल व्यवसायी संघ इटहरीले आफ्नो संघलाई अहोरात्र खटेर मजबुद बनाउन योगदान पुर्याउने ५ जना होटल व्यवसायीहरुलाई बिषेश सम्मान प्रदान गरेको छ । शनिवार इटहरीको एक मात्र पर्यटकिय गन्तब्य तालतलैयामा भएको संघ १० औं साधारणसभामा ५ जना होटल व्यवयसायीहरु सम्मानित भएका हुन् । होटल व्यवसायी तेजबहादुर पुरी, बाबुराम गिरी, कृष्ण निरौंला, राजन बस्नेत र जयप्रसाद पौडेललाई बिषेश सम्मान गरिएको हो । उनिहरुलाई होटल व्यवसायी संघ इटहरीका अध्यक्ष तथा उद्योग वाणिज्य संघ इटहरीका पर्यटन तर्फका प्रमुख जीवन पराजुलीले बिषेश सम्मान पदक प्रदान गरे ।
१० औं साधारणसभामा प्रमुख अतिथिका रुपमा सहभागी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष तथा निर्माणधिन गरिमा होटलका संचालक भीमबहादुर पौडेलले स्थानीय होस् या संघीय सरकारलाई सबैभन्दा बढी कर होटल व्यवसायीहरुले नै तिरिरहेको बताउदै सबै तहका राज्यले होटल व्यवसायीहरुको हितका लागि कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिए । उनले होटलहरुले पनि संस्कार, संस्कृति र स्वच्छतालाई बिषेश ख्याल गर्नु पर्नेमा जोड दिए । उनले पर्यटन बर्ष २०२० सफल बनाउन होटल व्यवसायीहरुको समेत ठूलो हात हुने भएकाले नयाँ आयम थप्नु पर्ने बताए । उनले इटहरी लगायत प्रदेश नम्बर एकमा छिमेकी देश भारतका सीमा जोडिएका राज्यहरुबाट धेरै पर्यटकहरु ल्याउन सकिने बताउदै त्यसका लागि राम्रो बस्ने होटल र केही दिनसम्म रमाउन सक्ने राम्रा राम्रा घुम्ने स्थानहरुको निर्माण गर्न जरुरी रहेको उनले बताए । उनले इटहरीको तालतलैयालाई नेपालकै उत्कृष्ठ पर्यटकीय गन्तब्य बनाउनका लागि संघीय र केन्द्रिय सरकारले बिषेश ध्यान पुर्याउनु पर्ने बताए । उनले इटहरी सहित तीन तहको सरकारले अवसर दिए तालतलैयामा लगानी भित्र्याउन बिषेश पहल गरिने बताए ।

IMG_4110
होटल व्यवसायी संघ इटहरीका पूर्व अध्यक्ष तथा युवा पर्यटन व्यवसायी रविन गौतमले इटहरीमा संचालित होटलहरु थप व्यवस्थित हुनु पर्नेमा जोड दिए । उनले संघमा आवद्ध हुने त्यसपनि चुपचाप बस्ने प्रवृतिको अन्त्य हुनु पर्ने बताए । उनले व्यवसायी थप संगठित भएर अघि बढे इटहरीलाई प्रदेश नम्बर १ कै हब बनाउन सकिने बताए । होटल व्यवसायी संघ प्रदेश नम्बर १ का अध्यक्ष मणिन्द्र कटुवालले पर्यटन विकासको पहिलो आधारमा रुपमा रहेको होटल व्यवसायीलाई राज्यले अनेक खालका कर लगाएर सताउने गरेको बताए । उनले राज्यले होटल व्यवसायीहरुलाई आवश्यक सहयोग गर्नु पर्नेमा जोड दिए ।

IMG_4142
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले होटल व्यवसायीहरुसंग सहकार्य गरि आफु अगाडी बढ्न तयार रहेको बताए । उनले केही दिनमै सबै होटल व्यवसायीहरुसंग होटल संचालन , शुरक्षा लगायतका बिषयमा बृहत्त अन्तरक्रिया गर्ने योजनामा आफु रहेको बताए ।
कार्यालय विहिन अवस्थामा पहिचान गुमाउन लागेको होटल व्यवसायी संघ इटहरीको व्यवस्थित कार्यालय संचालन देखि अघिल्लो बर्ष पर्यटन महोत्सव गरेर देश विदेशसम्म होटल व्यवसायी संघलाई चिनाउन सफल भएको संघका अध्यक्ष जीवन पराजुलीले बताए । उनले त्यसका लागि कार्यसमितिमा रहेका र बाहिर रहेका सबै होटल व्यवसायीहरुले आफुलाई साथ दिएको बताए । दुई बर्षे कार्यकालमा संघलाई विधि प्रकृयागत रुपमा संचालन गरेको बताए । उनले होटल व्यवसायीहरुलाई नविकरणका लागि बिषेश आग्रह गरि यस बर्षबाट होटल होटलमा पुगेर नविकरणको कार्य गरिएको जनाए । उनले होटल व्यवसायीहरुले आफ्नो व्यवसायलाई लगानीको हिसाबले थप मजबुद बनाउनका लागि पैसा अभावले छटपटिएका इटहरीका होटल व्यवसायीहरुलाई सहुलियतमा छिटो ऋणको व्यवस्थाका लागि संघले आवश्यक कार्यपनि थालेको जानकारी दिए । इटहरीमा रहेको गरिमा विकास बैंंकसंग होटल व्यवसायी संघ इटहरीले सहकार्य गरि होटल व्यवसायीहरुलाई ५ देखि ५० लाखसम्म ऋण दिलाउने कार्य थालिएको जनाए । उनका अनुसार संघमा आवद्ध ४ जना होटल व्यवसायीहरुले सो बैंकबाट ऋण समेत लिएर व्यवसायलाई व्यवस्थित बनाएका छन् ।
संघका कोषाध्यक्ष नवराज काफ्लेले संघको आय व्यय विवरण प्रस्तुत गरेका थिए । जसमा खर्च कटाएर ८ लाख रुपियाँ बैंक मौजाद रहेको जनाए । महासचिव उमेश दाहालले पनि आफ्नो बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले दुवै जनाको प्रतिवेदन सर्वसम्वत पारित गरेका थिए । यसैबीच इटहरीका पर्यटन तथा होटल व्यवसायी सुनिल भुषाल समेत होटल व्यवसायी संघ इटहरीको सदस्यमा मनोनित भएका छन् ।

 

IMG_4139 IMG_4157 IMG_4117 IMG_4154 IMG_4179