इटहरी: मदन भण्डारी स्पोट्स एकाडेमी सुनसरी द्धारा आफुँले भलिबल खेल जितेको रकम मृगौला पिडित एक बालिकालाई आर्थिक सहयोग गरेको छ ।
धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं. ८ सम्मेवाकि कक्षा दशमा अध्ययनरत १६ वर्षे बालिका एलिना लिम्बू केही समय देखि मृगौला रोगबाट पिडित भई उनको विपि कोइराला बिज्ञान स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । घरको आर्थिक अबस्था कमजोर भएको थाहा पाए सँगै भलिबल टीम सोलुखुम्बुबाट आउँदा आउँदै बाटोबाटै अस्पताल बेडमा बालिकालाई भेटेर आर्थिक सहयोग गरिएको सुनसरी भलिबल संघ अध्यक्ष तथा प्रदेश भलिबल संघका उपाध्यक्ष गोपाल श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठको नेत्तृव मा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । सहयोग गर्दै श्रेष्ठले भने खेलाडि को खेल खेल्नु मात्र नभएर समाजका हरेक सकारात्मक र रचनात्मक तथा अनुशासन मा पनि युवाहरु सदैव अगाडि हुनु पर्ने बताए ।

सहयोग रकम मदन भण्डारी स्पोर्ट्स एकाडेमी प्रदेश एकले आयोजना गरेको सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा प्रदेश स्तरीय तेश्रो पुरुष भलिबल प्रतियोगितामा सुनसरी जिल्लाले एक लाख पचास हजार रुपैँया पुरस्कार पाएको थियो । सोही रकमबाट बालिकाको उपचारका लागि दश हजार रुप्रँया सहयोग गरिएको भलिबल खेलाडी तथा मदन भण्डारी स्पोर्ट्स एकाडेमी सुनसरी जिल्ला कमिटी सदस्य अमन बस्नेतले  जानकारी दिए ।

बालिका गाउँकै सिहंदेबी मा.बि. कक्षा दशमा अध्ययन गरी रहेकी छिन् । अहिले उनी जीवन मरणको अन्तिम अबस्थामा अस्पतालको बेडमा लडिबडी गर्दै बाँचिरहेकी छिन् । पिडित बालिकाका बुवा मन कुमार लिम्बू र आमा दिलु लिम्बुले आफ्नी छोरी पढाइमा पनि एकदम तगडा अनुशासित मेहनति रहेको बताउँदै अबको केही समयमा बार्षिक परीक्षा एसईई आईरहेकाले उनको जीवन बचाउन घरको आर्थिक अबस्था कमजोर रहेको साथै अलि अलि भएको रकम पनि सबै छोरीको उपचारका लगि खर्च गरी सकिएको र अब सबैले छोरी बचाईदिन आग्रह समेत गरेका छन् । एलिनालाई सहयोग गर्नका लागि एलिना बचाउ अभियान
लागि भिम बहादुर कार्कीको संयोजकत्वमा समिति समेत गठन गरि सकिएको छ,गठित समितिका संयोजक कार्कीले भने तपाई हाम्रो सानो सहयोगले यि नानीको ज्यान बच्नँ सक्छ भने किन सहयोग नगर्ने भन्दै सबै सगँ आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।

sahayog pradeshportal 1