इटहरीः तीर्थयात्राका क्रममा भारतको तामिलनाडु राज्यमा सवारी दुर्घटनामा ज्यान गुमाएका इटहरी उपमहानगरपालिका वडा नम्बर १० का ६ जनाको सोमबार साँझ इटहरीको गंगा जमुना मुक्ति घाटमा सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटना भएको स्थानबाट नेपाल सरकारको पहलमा २ बजे आफन्तको घरमा शब ल्याइएको थियो । ज्यान गुमाएकाहरुका आफन्तहरु भेला हुन समय लागेपछि साँझ ७ बजे मुक्तिघाटमा शब ल्याइएको थियो । दुर्घटनामा मृत्यु भएका श्रीमान् श्रीमती इटहरी १० का ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी,लाइ एउटै चितामा राखि अन्तिम दाहसंस्कार गरियो । बाँकी ४ जनाको शबलाई अलग अलग चित्ता बनाएर दाहसंस्कार गरिएको थियो । पूर्वी सीमाबाट दमक नगरपालीकाको मिनि ट्रकमा इटहरीसम्म शब ल्याउने काम भएको थियो । दाहसंस्कारमा प्रदेश एक सरकारकी उपसभामुख सरस्वती पोख्रेल , नेकपा प्रदेश एक कमिटि , नेपाली कांग्रेस प्रदेश समिति लगायत इटहरीउपमहानगरका मेयर द्वारिकलाल चौधरी , उपमेयर लक्षमी गौतम लगायतको उपस्थिति रहेको थियो ।

y (1)

 

इटहरीमा सार्वजनिक बिदा

यसैबिच दुर्घटनाबाट दुखद निधन भएकाहरूकोशोकमा समवेदना प्रकट गर्दै इटहरी उपमहानगरले एक दिन सार्वजनिक बिदाकोघोषणा गरेको छ । घटनाको बिषयलाइ लिएर सोमबार नै आपतकालीन कार्यपालीकाको बैठक बसी एक दिन इटहरीमा सार्वजनिक बिदा दिने निर्णय भए अनुसार मंगलबार बिदा घोषणा गरिएको उपमेयर लक्ष्मी गौतमले बताइन् । बिदाको बिषयमा सोमबार नै उपमहानगरले प्रेसबिज्ञप्ती जारी सबैलाइ जानकारी गराइसकेको जनाइएको छ ।

hy