इटहरीः इटहरी लगाएत पूर्वी क्षेत्रमा असिनासहितको पानी परेको छ । मौसममा एक्कासी बदली आएपछि गन्तव्यमा हिँडेका यात्रु समस्यामा परेका छन् ।
हिजे बेलुकै देखि जल तथा मौसम विज्ञान विभागले मौसममा प्रतिकुलता आउने सुचना जारी गरेको थियो । विभागका अनुसार बेलुका देखि परिवर्तन भएको मौसममा सामान्य हावा हुरी आउने र हल्का वर्षा हुने सम्भावना थियो ।

हाल देशमा पुर्वी तथा पश्चिमी भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।