इटहरी ४ का रोमन कार्कीलाई डिप्लोमा तहको अध्ययन शुरु गर्ने बेलासम्म म के बन्छुु भन्ने पत्तो थिएन । मामा नेपाली सेनामा हुनुहुन्थ्यो । परिवारले सेनामा जान सल्लाह दियो । नभन्दै उनले सेकेण्ड लेफ्टिनेन्टका लागि तयारी पनि गरे । तर, उनको मन भने बैंकिङ क्षेत्रमा जान पाए हुन्थ्यो भन्ने सोचिरहेको थियो । सेनामा खासै मन नलागे पछि उनि लोकसेवाको तयारीमा जुट्न थाले । बैँकर बन्ने रहर छँदैछ ।  ‘लोकसेवामा ट्राई परि गरे, तर नाम निस्किएन ।’ कार्कीले सुनाए ।

इटहरीको कोशी सेन्टजेम्स कलेजमा व्यवस्थापन संकायमा दोस्रो वर्षको तयारी गरिरहेका कार्कीलाई एक दिन छिमेकी दाईले सुझाए– ‘इटहरीमा होटल मेनेजमेन्टको राम्रो कजेल खुलेको छ, गएर बुझ । हातको सीप खेर जाँदैन ।’ नभन्दै उनि इटहरीमा खुलेको नयाँ कजेल होटल प्रिमियर कजेलमा पुगिहाले । सिइयो सुनिल भुसालसँग भेटेपछि उनको मन परिवर्तन भयो । ‘सुनिल सरको भनाईले म एकदमै प्रभावित भएँ ।’ विगत सम्झिँदै कार्की भन्छन्–  ‘लाइफ यहिँबाट टर्निङ हुन्छ भन्ने सोचँे र निर्णय लिइहाँले– ‘म भर्ना हुन्छु ।’


डिप्लोमा तह पढ्दै गरेको छोराले एक्कासि विषय परिवर्तन गर्दा जोकोहिका वुवा आमालाई आश्चर्य लाग्नुु स्वभाविक थियो । तर, रोमनका हकमा भने यस्तो भएन । किनकी उनका बुवाआमालाई आफ्नो छोराप्रति ठुलो विश्वास थियो । उनले दृढ इच्छाशक्तिका साथ पढाइमा मन लगाएका थिए । उनिसँग एसएलसि र प्लस टू को राम्रो माक्स थियो । यहि विश्वास आमावुवासँग नहुने कुरै भएन । यसरी पढाइको धार परिवर्तन गरि छाडे कार्कीले । 

सन् २०१६ मा भर्ना भएका कार्कीले इटहरीको होटल प्रिमियर कलेजबाट आफ्नो अध्ययन पुरा गरे । अध्यनका दौरानमा कजेलको अध्ययनवातावरणले आफुलाइ असाध्य प्रभावित बनाएको उनको भनाई छ । उनल  पढाइमा मन लगाएर पढे । ‘सोचेः हातको सीप हो, कहाँ त्यसै खेर जाला छ । आखिरि आँफैले मिठो मिठो परिकार बनाएर खान त काम लागिहाल्छ ।’ हाँस्दै त्यो बेलाको अनुुभव सुनाउँछन् कार्की ।

FB_IMG_1582615189800
पढाइ सकेर प्रिमियरमै जव गरिरहेका उनिहरुको इन्ट्रनका लागि तयारी चल्दै थियो । कलेजले राम्रो होटल खोज्दै थियो । उनको कुरा मलेसियाको रिसेन्स भन्ने होटलमा चलिरहँदा कार्की भने अझै राम्रो कतै कि भनेर आँफै खोज्न थाले । कलेजले आँफै खोज्न पनि स्वतन्त्र छाडिदिएको हुँदा कार्कीले त्यो फाइदा उठाए । नभन्दै उनले खोजि गरेको चर्चित चेन होटल रिचकाल्टन कम्पनीमा जवको अफर लेटर आयो । संसारभरी होटल खोलेको उक्त कम्पनीमा जव पाउनुु नै ठुलो कुरा थियो । नभन्दै उनको एप्लिकेसन एसेप्ट भएपछि उनलाई अनलाईन अन्तर्वाताका लागि भनियो । कार्कीले पटक–पटक अन्तर्वार्ता फेस गरे । नभन्दै कतारको दोहाका लागि उनि छानिए । ‘यहाँ पढेका कुरा कामै नलाग्ने थियो भने त मकसरी वर्डवाइड प्रख्यात होटलमा काम पाउन सक्थे होला ?’ उनको प्रश्न छ ।
अन्य साथि इन्ट्रनका लागि विदेश र स्वदेशका विभिन्न नाम चलेका होटलमा काम गरिरहँदा उनिभने मज्जाले तलब थापिरहेका थिए । पहिलो दिन होटलकाम १२ घण्टा उभिएर काम गर्नुुपर्दा खुट्टामा ठेउला उठेको याद छ उनलाई । दुइ वर्ष दोहामा काम गरेर स्वदेश फर्केका कार्कीसँगै पहिले कजेल पढेका कतिपय साथिहरुले अझै जव पाउन सकेका छ्र्रैनन् । उनि भने कलिनिरीको फिल्डमा  दुइ वर्षको सानदार अनुुभव हाँसिल गरेर देश फर्कि सके । अब उनको सोचाई पहिले काम गरेभन्दा राम्रो कम्पनीमा पुनः जव खोज्नु हो । पुरानै कम्पनीले बोलाए पनि आफुले सिक्नेजति ज्ञान लिइसकेको भन्दै थप अध्ययन समेत हुने हुनाले अझै राम्रो कम्पनीमा काम गर्न जाने उनको धोको छ ।

FB_IMG_1582615110801