इलामः इलामको सन्दकपुर क्षेत्रमा हिउँ परेको छ । दुईदिन देखि परेको पानी सँग सन्दकपुर गाउँपालिकाको ४ नम्वर वडा सन्दकपुर, ५ नम्वर वडाको जौवारी, माईजोगमाई गाउँपालिकाको थुम्केमा, लगायतका जिल्लाका माथिल्लो भू भागमा हिउँ परेको हो ।
स्थानमा बाक्लो रुपमा हिमपात भएको हो । सन्दकपुर गाउँपालिका दुई माईमझुवा सम्म हिउ परेको स्थानीयले बताएका छन । हिउँ परेसँगै जिल्लामा चिसो बढेको छ । चिसोका कारण स्थानियलाई दैनिक गर्दै आएका काम गर्न असजह भएको स्थानीय दिनेश ढकालले बताए । उनले भने केटाकेटि ,वृद्घवृद्घा र सूत्केरी लाई चिसोका कारण समस्या भएको छ । लेकाली क्षेत्रमा हिउँ परेपछि गाईबस्तुलाई घाँस काट्न र लाउन कठिनाई भएको किसानहरुको भनाई छ । चिसोका कारण घर बाट बाहिर निस्कनका लागि समस्या भएकाले गाईवस्तुलाई घाँसपातमा पनि समस्या भएको उनको भनाई छ । अहिँले हिउँ परे सँगै इलाममा तेस्रो पटक हिउँ परेको हो ।
सन्दकपुर र आसपासमा परेको हिउँको प्रभावले सदरमुकामलगायत जिल्लाभर नै जाडो बढेको छ । सन्दकपुर क्षेत्रमा हिमपात भएसँगै हिउँ खेल्ने पर्यटक सो क्षेत्रमा जान थालेका छन् । विशेषगरी भारतबाट बढी पर्यटक सो क्षेत्रमा आउने गर्दछन् । सन्दकपुर भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ नेपाल तर्फबाट भन्दा बढी भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकबाट समेत पर्यटकको चहलपहल हुने गरेको छ ।
उच्च पहाडी क्षेत्रमा हिमपात परेको छ भने जिल्लाका अन्य स्थानमा पानी परेको छ । पानी परेपछि जाडो बढेको छ । तर खेती किसानी गर्नेलाई भने पानीले राहत भएको किसानको भनाई छ ।
सन्दकपुर ३६ सय ३६ फिट उचाईमा रहेको सन्दकपुर भारतसँग सिमा जोडिएको क्षेत्र हो । हिउँका कारण पर्यटकलाई खाना खुवाउन र बसाउन समस्या भएको व्यवसाहीको भनाई छ ।