विराटचोकः लामो सघर्ष र प्रयासपछि पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय गोठगाउँमा सर्ने भएको छ । सबै संरचना बनेपनि मुख्य कार्यालय भने विराटनरमा भाडा संचालित थियो । विश्वविद्यालयको कार्यालय गोठगाँउमै सर्ने भएपछि त्यसको खुशीयालीमा गोठगाउँस्थित विश्वविद्यालयको मूल गेट अगाडि बुधबार साँझ सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख तथा उप प्रमुख लगायतको उपस्थितीमा स्थानीयहरुले दीप प्रज्वलन गरेका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवदेनसहितको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रतिनिधि सभामा प्रस्तुत गरेको प्रस्तावलाई प्रतिनिधि सभाले पारित गरेको थियो । सो विधेयक राष्ट्रिय सभाले पारित गरिसकेकाले अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत हुने विश्वविद्यालयका डीन शैलेषमणि पोखरेलले फोन सम्पर्कमा बताए ।

goth gau deep prajwalan  (3)
सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धनमाया तामाङ, वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला, वडा नम्बर ११ का अध्यक्ष बिसनलाल चौधरी, कार्यपालिका सदस्य तारा घिमिरेलगायतले मैनबत्ती बालेर दीप प्रज्वलनको प्रारम्भ गरेका थिए । साँझ साढे ६ बजे शुरु भएको कार्यक्रममा ५ सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
विश्वविद्यालयका सिनेट सदस्य रोशन उप्रेती, कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईँ, प्राध्यापक, शिक्षक, विद्यार्थी तथा सुन्दरहरैंचावासी राजनीतिकर्मी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मीलगायतको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम भएको थियो ।

goth gau deep prajwalan  (6)