इटहरीः डाक्टरको लार्पावाहीका कारण इटहरी ४ की एक महिला र उनको नवजात शिशुले ज्यान गुमाउनु परेको छ । वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बच्चा जन्माउन भर्ना भएकी उपचारमा संलग्न डाक्टरको लार्पावाहीले लक्ष्मी बुढाथोकी र उनले जन्माएको नवजात शिशुको ज्यान गएको हो । फागुन १२ गते प्रसुति व्यथाले च्यापेपछि वी.पी. प्रतिष्ठान भर्ना भएकी उनको हिजो राती करिब १ बजेको समयमा ज्यान गएको हो । उनिसंगै नवजात शिशुको पनि ज्यान गएको श्रीमान् विनोद बुढाथोकीले बताए । 

87499446-194801358395317-8997428573509779456-n

उनका अनुसार बुधबार ७ बजे सम्म आमा र बच्चाको अवस्था राम्रो रहेको डाक्टरले बताएका थिए । तर एका एक तिनै डाक्टरले हिजो राती करीब एक बजे तिर आमा र बच्चाकै मृत्यु भएको जनाउ दिएका थिए । उनका श्रीमान् भन्छन् हामीले नर्मल डेलिभरी नभए पछि अप्रेशन गर्न बारम्बार आग्रह गरेकयो तर डाक्टरले नसुनेकाले आमा र शिशुलाई नै गुमाउनु परेको छ । यस डाक्टरको गम्भिर त्रुटी छ । उपचारमा संलग्न भएका डाक्टरमाथि छानविन गरि कडा कानूनी कार्वाही हुनु पर्ने माग श्रीमान् विनोदको छ । अस्पतालमा भर्ना हुनका लागि पनि आफु घण्टौंसम्म लाइनमा बस्नु परेको उनले बताए ।
बीपी प्रतिष्ठानमा चिनजान कि त सोर्स फोर्स भए मात्र विरामीहरुलाई राम्रोसंग हेर्ने प्रवृतिको विकास भईरहेकाले सोझा सिधा सेवाग्राहीहरुले अकालमै ज्यान गुमाउनु परिरहेको लक्ष्मीका छिमेकी बिक्रम थापाले बताए ।

यसैबीच आमा शिशुकै ज्यान गएपछि प्रतिष्ठानमा तनाव बढेको छ । तनावका बीच  आफन्तलाई राखेर प्रतिष्ठान प्रशासनले बार्ता सुरु गरेको छ  ।  दुवै पक्षलाई एकै ठाउमा राखेर प्रतिष्ठानको गाईनो वार्ड नजिकैको हलमा बार्ता भईरहेको छ । वार्तामा  प्रतिष्ठानबाट डा.अर्चना ठाकुर, डा.रोहित रिजाल सहितको टोली छन् भने मृतकका तर्फबाट आफन्तहरु सहभागि रहेको प्रतिष्ठान प्रशासनले जनाएको छ ।