विराटनगरः प्रमुख विपक्षी दल कांग्रेसले प्रदेश नम्बर १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खरिद गरेको एम्बुलेन्स र वारुणयन्त्रमा चासो देखाएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् व्यवस्थापन हेर्ने गरेको र मन्त्रालयबाट ७० एम्बुलेन्स र वारुणयन्त्र खरिद प्रक्रिया तथा वितरणमा आफूहरुको चासो रहेको कोइरालो बताए । भने,‘‘प्रक्रिया पारदर्शी हुनुपर्छ । कस्तो ठाउँमा दिने ? वितण पक्रिया के हो ?’’ कोइरालाले हरेक विधेयकहरुमा २५ पटकसम्म तोकेबमोजिम भन्ने उल्लेख हुने गरेको भन्दै संसदमा थाहा नहुने गरी कानुन बनाउँदा कार्यपालिकाको हप्कीदप्की व्यवस्थापिकामा पर्ने भय भएको बताए । भने,‘‘हामी डमी पार्लियामेन्ट जस्तो भयो । यसको तुरुन्त व्यवस्था गरियोस ।’’ उनले स्थायी राजधानी विराटनगर तोक्दा वृहत विराट क्षेत्रभित्र प्रदेशका संरचना रहने भनेर कानुन पास गरेकोले के पार्लियामेन्ट विराटनगरमा रहँदैन ? भन्दै प्रश्न पनि गरे । उलने अब स्थायी संरचना बनाउन र प्रदेशसभाको हल व्यवस्थित गर्न ध्यानाकर्षण गरे ।
कोइरालाले पार्टीका तर्फबाट प्रदेश १ को नाम टुंगोमा पु¥याउन सरकारको ध्यानाकर्षण समेत गराए छ । प्रदेशसभाको विहीबारको बैठकमा विशेष समयमा बोल्दै विपक्षी दलका नेता राजिव कोइरालाले ‘‘प्रदेशको नाम के हुने ?’’ भन्दै प्रश्न गरे । उनले नामाकरणको सम्बन्धमा सांसदहरुबाट समेत प्रस्ट कुरा नआएको बताउँदै भने,‘‘के कुराले रोकेको छ । सुदूरपश्चिम भनेर नामाकरण गरेको छ । हामीले किन कुनै नाम राख्न सकेनौं ?’’ कोइारलाले पहिचानको आन्दोलनलाई जातीय, स्वायत्त राज्य दिन्छु भन्नेहरुले अब खुलेर छलफल गर्नुपर्ने बताए ।
‘‘प्रस्ताव राख्नु पर्यो । केही गर्न नसकेपछि साझा पहिचान वा द्वन्द्व भए पनि छलफल होस,’’ कोइरालाले भने,‘‘मोही माग्ने ढुंग्रो लुकाउने काम हुनु हुन्न । अल्मल्याएर राख्नु हुँदैन । मुख्यमन्त्री ध्यानाकर्षण गर्दछु ।’’
कोइरालाले सुखी नेपालीको काण्ड टेप काण्डदेखि कुनै नेतालाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नेसम्मको तयारी हुनुले उपहास भएको भन्दै मधेशको आवाजलाई समेत समेट्ने गरी संविधान संशोधन हुनुपने बताए । कोइरालाले राष्ट्रपतिको पश्चिम नेपालको भ्रमणमा पालिकाहरुमा विदा दिने निर्णय राजामहाराजाको पालाको जस्तै भएको बताए । भने,‘‘प्रदेश सरकारको पनि दुई वर्षको कार्यक्रम सार्वजनिक भएको छ । सातवटै मन्त्रालयको कार्यप्रगति प्रस्तुत गरियो । भौतिक पूर्वाधार मन्त्रालयले पाइला चालेको देखिएको छ । तर अरु मन्त्रालयको अमूर्त कुराले धेरै ठाउँ पाएको छ ।’’ कोइरालो सदनमा सांसदहरुले उठाएको विषयमा सरकार गम्भीर भएर त्यसलाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।
शुन्य समयमा बोल्दै कांग्रेसका मोहम्मद ताहिर मियाँले निलगाईले सुनसरीको दक्षिणी भेगमा मकै खाएर नष्ट गर्न थालेको र किसानलाई दुःख भएको भन्दै नियन्त्रणको लागि सरकारको ध्यानाकर्षण गरे । भने,‘‘कोशी टप्पुबाट छिर्ने निलगाईले किसानलाई दुःख भएको छ । अब कसरी नियन्त्रण गर्ने सोच हुनु पर्दछ ।’’ नेकपा सांसद, सीता थेवे जबेगुले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको कुम्बायक र तुम्बेवामा बर्सेनि तीन चार हजार मानिस सरेर हिंड्ने गरेकोमा पम्पिङ गरेर खानेपानी ल्याएपछि त्यो क्रम रोकिएको बताए । भने,‘‘तीन हजार परिवार लक्षित कार्यक्रम ल्याएर २ हजार ८० धारा जडान भएको छ । तमोर लिफ्टिङ खानेपानीले बसाईं रोक्ने भयो ।’’ उनले सरकारको यो काम सकारात्मक भएको बताइन ।