धरानः दलित महिलाहरूलाई व्यवसायिक बनाउने उदेश्यले उपमहानगरपालिका वडा नंं ८ को सहयोगमा उपेक्षित उत्थान सरोकार केन्द्रको आयोजनामा ५ दिने क्रिष्टल माला बनाउने तालिम धरान ८ साङ्गपाङ्ग चोकमा शुक्रबारदेिख सुरू भएको छ।
कार्यक्रममा वडा नम्बर ८ भरिमा दलित भित्रका सबै जातीका २६ जना महिलाहरुको उपस्थिति रहेको छ । वडा नम्बर ८ कि निर्वाचित सदस्य सावित्रा परियारको प्रमुख अथित्यतामा भएको कार्यक्रम उपेक्षित उत्थान सरोकार केन्द्रकी अध्यक्ष रेणुका विश्वकर्माको अध्यक्षतामा भएको थियो । दलित विकास समिति धरानका संयोजक विशिष्ट अथिति रहेका थिए । कार्यक्रममा परियार सेवा समाजका केन्द्रीय सदस्य लक्ष्मण दास, गैर सरकारी संस्था महासंघका सुनसरी जिल्ला अध्यक्ष बिनोद विश्वकमार्, दलित विकास समिति धरानका सदस्य सचिव तारा लामगादे, विस्वकर्मा कल्याण सेवा समिति वडा नम्बर ८ का सचिव वलिन्द्र वराइली, वडा नम्बर ८ का नायव सुब्बा हिरालाल बराइली, दलित विकास समिति वडा नम्बर ८ का उपाध्यक्ष शिवराज बिश्वकर्मा लगायत अथितिहरु रहेका थिए । ५ दिनसम्म चल्ने तालिमको सहजिकरण रञ्जना तुलाधरले गर्ने छन । कार्यक्रममा स्वागत मन्तव्य सरोकार केन्द्रका सचिव अनन्तमान रम्तेलले राखेका थिए भने कार्यक्रमको प्रभावकारिताका बारेमा सरोकार केन्द्रका संरक्षक लाल बहादुर बिश्वकर्माले प्रकाश पारेका थिए ।
कार्यक्रमकि प्रमुख अतिथि सावित्रा परियारले महिलाहरूले इच्छा प्रकट गरेमा आगामी बर्षमा अझ धेरै यस्ता कार्यक्रमका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन । त्यसै गरि वडाका नायव सुब्बा हिरालाल बराइलीले अझ धेरै दिनका कार्यक्रम संचालन गर्न सकिने वताए । त्यस्तै अतिथि बिनोद बिस्वकर्माले दलित शिर्षकमा मात्रै बजेट नभएकोले अन्य महिला ,युवा , कृषि लगायतका बजेटले पनि व्यवसायीक तालिम तथा कार्यक्रम गर्न सकिने वताउदै स्रोत धेरै छन तर प्रयोग गर्न नसकिरहेको वताएका छन । तालिम फागुन २० गते सम्म संचालन हुने संस्थाका सदस्य खिलानाथ विस्वकर्माले जानकारी दिएका छन ।